अष्ट्रेलियाका लागि नव नियुक्त राजदुत यादव सिड्नीमा एक सातामा ओहोदाको प्रमाणपत्र बुझाउने
अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत चित्रलेखा यादव सिड्नी आईपुगेकी छिन् । शुक्रबार मध्यान्ह राजदूत यादवलाई न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्ष कृष्ण गिरी लगायत अगुवाहरुले स्वागत गरेका छन् ।
शुक्रबार नै क्यानबेरा जाने र एक साताभित्रै ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूत हुने पहिलो हाईप्रोफाईल राजनीतिकर्मी हुन् ।
पूर्वउपसभामुख तथा पुर्व शिक्षामन्त्री समेत रहेकी उनी नेपाली कांग्रेसमा शेर बहादुर देउवाको पहिलो सभापति कार्यकालमा कोषाध्यक्ष पनि थिइन् । कांग्रेस सहितको ओलीको सरकार बनेपछि यसअघिका राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको थियो । उनको ठाउँमा चित्रलेखा यादव राजदूत नियुक्त भएकी थिइन् । केही समय अघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए । राजदूत यादवको कार्यकाल चार वर्षको हुनेछ । तर सरकारले चाहेमा जुन सुकै बेला पनि फिर्ता बोलाउन सक्ने कानुनी व्यवस्था रहेको छ ।
प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार ११:५०