प्रतिगमन सच्याएर समाजवादी प्रेस संगठनका नेताहरू आज चैतारीमा फर्किदै
४ माघ, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगामी भएको भन्दै माधवकुमार नेपालसँगै एमाले विभाजनमा सहयोग गरेका पत्रकारको एउटा टोली शुक्रबार फिर्ता हुनेभएका छन । एमाले जनवर्गिय संगठन प्रेस चौतारी नेपाल विभाजन गरेर समाजवादी प्रेस संगठन स्थापना गर्ने समूहका नेताहरू शुक्रबार चौतारीमै फिर्ता हुन लागेका हुन ।
स्रोतका अनुसार समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, वरिष्ठ नेता नरेन्द्र साउद, महासचिव रामकुमार एलन, नेताहरू आषिश गुरागाईँ, कृपा भण्डारी, सबिन शर्मा शुक्रबार २ बजेको साइतमा प्रेस चौतारीमा फर्किएको घोषणा गर्ने तयारी छ । उहाँहरू प्रतिगतमन सच्चयाएर आजै चाैतारीमा फर्किने तयारी छ ।

त्यसका लागि प्रेस चौतारी नेपालले हार्दिक होटलमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । दाहाल थरका समाजवादी प्रेस संगठनका वरिष्ठ नेता एवं पार्टीका केन्द्रीय प्रचार विभागका सदस्य पनि चौतारी फर्किने तयारी रहेको तर अझै कुरा मिलिनसकेको बताइएको छ ।
प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १०:१५