नाैँ महिनामा पनि राष्ट्रिय परिचयत्र नपाएपछि…
४ माघ, काठमाडौँ । सरकारले राष्ट्रिय परिपत्र अनिवार्य भनेर विगत केही वर्षदेखि अनेक सूचना जारी गरेर आतंकित बनाउने गरेको छ । तर राष्ट्रिय परिचयपत्र बनाउने कुरामा नागरिकले धेरै कष्ट व्यहोर्ने गरेका छन । एक नागरिकले राष्ट्रिय परिचयपत्र बनाउने क्रममा भोकेको कुरा यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
नागरिक परिचयपत्रको सकस:-
नागरिक परिचयपत्रले दिने सकसको बाह्र हण्डर सत्ताइस घुसाको उपभोक्ता मध्ये एक हुँ म।मोरङ्गमा फारम भरियो। कम्प्युटरमा दर्ता भयो। हरियो टिक आयो।र कर्मचारीले भयो जानुस् भने।लामो दर्ता फारमको एकप्रति पनि दिए। एसएमएस आउँछ अनि लिन आउनुस् पनि भने।६ महिनापछि सोध्न गएँ। एसएमएस आएपछिमात्र आउनुस भनेर झर्किए।भीड अचाक्ली थियो। अपाङ्गता भएकाहरु भुइँमा घस्रिँदै पालो पर्खिरहेका थिए।
३ महिनापछि फेरि गएँ। सहायक सिडीयोले कर्मचारी खटाइदिनु भयो।उनले फाँटमा लगे।बल्ल दोहय्राएर हेरिदिए।र भने, तपाइको दर्ता मिलेन, रिजेक्ट भयो।दर्ता भयो भनेर मलाई पठाएको के मिलेन भनेर सोध्दा उनले भने, हामीलाई थाहा हुन्न, सफ्टवेयर त्यस्तै छ, रिजेक्ट र एक्सेप्टमात्रै भन्छ। अब के गर्ने? कसलाई थाहा हुन्छ? भनेर सोधेको सिंहदरबारको बाटो देखाइदिए।
काठमाडौँ आएँ। अनेक भनसुन गरेर विभाग पुगेँ।त्यहाँबाट थाहा लाग्यो, कम्प्युटरमा अङ्रेजीमा टोलको नाम दर्ता गर्न छुटेको रहेछ।अर्को सानो फारम भर्न लगाए।त्यसमा टोलको नाम छुट्न गएकोले थपि पाउँ को ब्यहोरा थियो। मैले भनेँ, मैले होइन मेरो फरममा त्यो छ, छुटाएको भए तपाइँको कार्यालयले हो।यो फारमले त मलाई नै दोषी भन्छ।तर केही शीप चलेन। फारम भरेको दुई हप्तामा एसएमएस आयो।गएर बटुलेँ।
कस्तो सफ्टवेयर होला कि न त्रुटी बताउँछ, न खबर पठाउँछ। सफ्टवेयर कम्पनीको वेबसाइटमा पुरै बङ्गाली भाषामा छ। ठेगाना छ ढाका बाङ्गलादेशको। पुरा संरचना पाको नगरी, कर्मचारी र विज्ञताको प्रवन्ध नगरी किन लागु गरेको नागरिक परिचयपत्र? अब अध्यादेश आयो। अनिवार्य पारियो। प्रधानमन्त्री समेत नागरिक एप र परिचयपत्रको अनिवार्यताको बखान गर्न थाल्नुभएको छ। यो देशमा अधुरो अपुरो ज्ञानले ग्रस्त रहेछन् सिङ्गो सरकारी ढाँचा। सतप्रतिशत प्रमाणित।
(मानवअधिकारवादी नेता सुवोधराज प्याकुरेलले सामाजिक सञ्जालमा राख्नुभएको टिप्पणी हामीले यहाँ साभार गरेका हाैँ ।)
प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार ०९:३२