२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

सार्वजनिक सेवा प्रशारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टलाई पिृत शोक

४ माघ, काठमाडौँ । सार्वजनिक सेवा प्रशारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टलाई पिृत शोक परेको छ । डा विष्टको ९१ वर्षीय पिता मानबहादुर विष्टको बिहीबार राति निधन भएको छ ।

उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । डा विष्टले तीन वर्ष चार महिना अघि आमा पनि गुमाउनु भएको थियो ।

डा विष्टले पिताको बिहान साँढे १० बजे त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी ११ः३० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिनुभएको छ । उहाँको पाँच छोरा र एक छोरी हुनुहून्छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार ०८:२१