२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

मातृभुमीलाई सम्पन्नताको बाटोमा हिडाउन अष्ट्रेलियामा रहेका नेपालीहरुको भुमीका महत्वपुर्ण हुने- डा. भट्टराई

अष्ट्रेलिया । ईस्वी सम्वतको नयाँ बर्ष २०२५ को उपल्यक्षमा प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियाद्धारा आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र विज्ञ डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओएनएफका अगुवा समर्थक सहित एनआरएनएन लगायत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सिड्नीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भट्टराईले मुख्य गरि नव्वेको दशकबाटै नेपालीहरु अष्ट्रेलिया आउन थाले बताउदै यहा आएको समुदायमा ठुलो संख्यामा आफ्नो विषयमा विज्ञता हासिल गरेका नेपालीहरु रहेको बताउनु भयो । उहाले मातृभुमीलाई सम्पन्नताको बाटोमा हिडाउन अष्ट्रेलियामा रहेका नेपालीहरुको भुमीका महत्वपुर्ण हुने बताउदै, ठुलो संख्यामा रहेको बौद्धिक शक्तीले अब मातृभुमीको संबृद्धिको यात्रामा सहयोग पुर्याउन अनुरोध गर्नु भयो ।

अष्ट्रेलिया भ्रमणमा रहनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व प्रदेश सभाका सांसद ईन्द्रलाल सापकोटाले अष्ट्रेलियामा रहेका नेपालीहरुको मातृभुमीका लागी केहि गर्नु पर्छ भन्ने सोच पाएको बताउदै आफुलाई खुशी लागेको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले नयाँ बर्षले नेपालीहरुको जिवनमा खुशी र समृध्दिको कामना व्यक्त गर्दै प्रवासी मञ्चका गतिविधी माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा एनएसडव्लु राज्यका लागि नेपाल सरकारका बाणिज्यदुत संजिव शर्माले प्रवासीको रहेर मातृभूमिको संमृद्धिमा भुमीका खेल्न  अनुरोध गर्नु भएको थियो ।

यसैगरी कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समवन्य समितिका उपाध्यक्ष  डा. विनोद श्रेष्ठले एनआरएनले प्रवासमा रहेका नेपालीहरुले मातृभुमीमा थप सुरक्षीत लगानी गर्ने वातावरणका लागि क्रियाशिल रहेको बताउनु भयो । कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद सचिव डा. ज्ञानेन्द्र रेग्मी, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषदका प्रवक्ता फडिन्द्र पन्त, एनआरएनए ओशियाना संयोजक दिनेश पोखरेल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली लगायतका वक्ताहरुले नयाँ बर्षको शुभकामना दिनु भएको थियो ।

सोहि कार्यक्रममा नेपाली महिला रेसलर भगवती खड्कालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमलाइ सम्वोधन गर्दै रेसलर खड्काले आफुले विभिन्न किर्तिमानी रेशलीङ खेलहरुको आयोजना गरेर देशलाई चिनाउदै आएको बताउदै चाडै नै तिलिचो ताल क्षेत्रमा समेत खेल आयोजना गर्न लागेको बताउनुभयो ।

ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशीको अध्यक्षता, सचिव प्रकाश पन्थीको संचालनमा भएको कार्यक्रममा एनएसडब्लुका का ईन्चार्ज नरवीर नेम्वाङले स्वागत तथा एनएसडव्लु अध्यक्ष सुर्य मोहन शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार ०५:१४