वोन्डर्स नेपालले आईपिओ जारी गर्ने
२७ पुस, काठमाडौँ । वोन्डर्स नेपालको साताैँ साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । साधारणसभाबाट अध्यक्षमा तेज बहादुर सिंह र प्रबन्ध निर्देशक बिष्णु हरि पाण्डे चयन हुनुभएको छ ।
पाण्डेले स्काईवाक टावर कमलादीमा ३६० डिग्री भ्यू देखिनेगरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको र अब शीघ्र सञ्चालनमा आउने, सिटी बन्जी जम्प, डोम प्रोजेक्टलगायत थप साहसिक गतिविधि विस्तार गरी सेवाको दायरा फराकिलो बनाउँदै लैजाने बताउनुभयो । उहाँले स्काईवाक टावरलाई काठमाडौंको मुख्य पर्यटकीयस्थलको रूपमा विकास गर्न पर्यटनसँग सराेकार राख्ने संघसंस्थासँग मिलेर काम गर्ने बताउनुभयो ।
साधारणसभाले सर्बसाधारणलाई सेयर बिक्री गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीलाई संरचना परिवर्तन गरी लिमिटेड बनाएर सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको हो । शुक्रबार सम्पन्न साधारणसभाले सेयरधनीलाई लाभांश दिने निर्णय समेत गरेको बताइएको छ ।
प्रकाशित मिति : २७ पुष २०८१, शनिबार १८:४१