४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ७ जना आरोपितहरुलाई धरौटीमा छाड्न आदेश

२५ पुस, काठमाडौँ । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीका ७ जना आरोपितहरुलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । त्यसैगरी, छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

यस्तै, रामबहादुर खनाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ भने लिला पछाईंसँग ३७ लाख माग गरेकाे छ । यस्तै आरती गुरुङ र मीना गुरुङसँग ५/५ लाख तथा कृष्णबहादुर गुरुङसँग एक लाख रुपैयाँ धरौटी माग गरेकाे छ ।

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार १८:२२