१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण: जेठो छोराले गरे आत्मसमर्पण

९ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लिएको छ ।

हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीण आचार्यको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लिएको हो ।

गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए। उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो। उक्त घटनापछि डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा भने मंगलबार प्रहरीको सम्पर्कमा पुगेका छन्।

उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : December 24, 2024 at 1:02 pm