२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटलबीच सम्झौता

८ पुस, काठमाडौँ ।  नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता पत्रमा काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष दया सागर साह र बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अनुसार अस्पतालको विविध सेवाहरूमा यस बैंकमा कार्यरत कर्मचारीहरूले बिल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूले २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

प्रकाशित मिति : 14:15