३ पुष २०८१, बुधबार | Wed Dec 18 2024

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को अध्यक्षमा बिरेन्द्र शाह

२ पुस, काठमाडाैँ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
कास्कीको पोखरामा आइतबार सम्पन्न सम्मेलनले बिरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी सहित ७५ सदस्य केन्द्रीय समिती चयन गरेको छ ।

जसको उपाध्यक्षमा रुपा बुढा मगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिबमा डिबि शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् ।

संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रहेका थिए ।

त्यस्तै संगठनका पुर्ब अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्ब महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनको नारा ” वैज्ञानिक समाजवादी शिक्षाका लागि क्रान्तिकारी विद्यार्थी आन्दोलन “बेरोजगारी , कुशासन र भ्रष्टाचारका विरुद्ध २३ औँ राष्ट्रिय सम्मेलन ” भन्ने रहेको थियो । सम्मेलनले शिक्षा र स्वास्थ्यमा व्यापार गरेर जनता लुटिरहेका माफियाका विरुद्ध निर्णायक संघर्ष गर्ने उदघोष गरेको छ ।

सम्मेलनमा नेपालको शिक्षा र विद्यार्थी आन्दोलनका भावी कार्यभारका विषयमा घनिभुत बहस भएको थियो । सम्मेलनको बन्दसत्रमा निवर्तमान अध्यक्ष मिलन राईले “निर्णायक संघर्षमा अघि बढौँ ” शिर्षकको दस्तावेज पेस गरेका थिए । हलबाट उक्त दस्तावेज एकमतले पारित भयो ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार ०८:३८