१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

समानुपातिकमा १ करोड ४ लाख मतगणना, रास्वपाले कटायो ५० लाख

२६ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा (एमाले) ले १४ लाख १२ हजार ८५३, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६७ हजार ९९९ र श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३२४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : March 10, 2026 at 11:40 am