अर्थमन्त्री खनालले सरकारलाई फिर्ता गरे रातो पासपोर्ट
२६ फागुन, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट सरकारलाई फिर्ता गर्नुभएको छ । मन्त्रीको हैसियतले प्रयोग गर्न उपलब्ध गराइएको रातो पासपोर्ट खनालले मंगलबार सरकारलाई नै फिर्ता गर्नुभएको हो ।
‘मलाई अर्थ मन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनहुन अनुरोध गरेको छु ।’ अर्थमन्त्री खनालले अर्थमन्त्रालयको प्रशासन महाशाखामा बुझाएको पत्रमा उल्लेख छ ।
जेनजी आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारको अर्थमन्त्री नियुक्त भएपछि खनाललाई रातो पासपोर्ट उपलब्ध गराइएको थियो । हाल उहाँले सोही पासपोर्ट फिर्ता गर्नुभएको हो ।
प्रकाशित मिति : March 10, 2026 at 12:55 pm









