३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

प्रवासमा संस्कृतिको रक्षाका लागि अष्ट्रेलियाको एडिलेडमा तमु ल्होसार विशेष कार्यक्रम हुदै

एडिलेड । विगत बर्षहरुमा झै यस बर्ष पनि तमु घी साउथ अष्ट्रेलियाको आयोजनामा डिसेम्वर ३० सोमबार  तमु ल्होसार पर्वको उपल्यक्षमा एडिलेडमा विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

एडिलेडको स्थानिय थेवाटन कम्युनिटीहलमा विहान १० बजेबाट साझ सम्म विविध कार्यक्रम हुने तमु घी साउथ अष्ट्रेलियाकी सचिव अनिता गुरुङले बताइन |

गुरुङले शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ, अनि परम्परा हराए मानिस नै हराउछ भन्ने कार्यक्रमको मुल नारा रहेकाले नै प्रवासमा संस्कृति परम्परा संरक्षणका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताईन् ।

सचिव गुरुङका अनुसार विहान १० वजेबाट ६ बजे सम्म विभिन्न परम्परागत प्रतियोगितात्मक खेलहरुको खेलाइने भएको छ । छेलो (सटपुट) डन्डिवियो, डोरी तान्ने, महिला तथा पुरुषको भलिवल प्रतियोगिता समेत आयोजना हुने छ । भने सटपुट ३ किलोको राखिएको समेत जनाएको छ ।

औपचारिक कार्यक्रम अगाडी नेपालको विविधता झल्कने गरि थेवटनको खुल्ला मैदानमा नेपाल परेड समेत हुने भएको छ ।

साझको ६ बजे शुरु हुने सास्कृतिक कार्यक्रम सहितको औपचारिक कार्यक्रममा विविध तमु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ भने समापन कार्यक्रममा नेपाली खाना खुवाईने भएको सचिव गुरुङले जानकारी दिएकी छिन् ।

सचिव गुरुङले प्रवासमा तमु संस्कृतिको संरक्षण गर्दै नेपाली पहिचानलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा स्थापित गर्ने मुख्य उद्देश्य रहेको बताइन ।

कार्यक्रमको महत्व माथी प्रकाश पार्दै सचिव गुरुङले पछिल्लो समय यहा जन्मे हुर्केका नया पुस्ता मात्र है उच्च शिक्षा शहरमा अध्ययन गरेर अष्ट्रेलिया आएका भाई बहिनीहरुमा पनि परम्परा वारे भरपुर जानकारी नभएको समेत पाईएकाले त्यसका लागि पनि  कार्यक्रम आयोजना गरिएको बताईन् ।

गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्दछ । यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन चलिआएको छ । गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको छ । गुरुङ बाहुल्य गण्डकी क्षेत्रमा सूर्यको किरण पहिले आउने भएकाले विक्रम संवतको पुस १५ मा यो पर्व मनाउने चलन चलिआएको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले यस पर्वको महत्वका रुपमा लिने गरिएको छ ।

सचिव गुरुङले कार्यक्रम महत्वपुर्ण भएकाले एडिलेडमा रहेका नेपाली समुदायलाई स-परिवार कार्यक्रममा उपस्थितिका लागि अनुरोध समेत गरेकी छिन् ।

प्रकाशित मिति : December 10, 2024 at 12:29 pm