३ माघ २०८१, बिहीबार | Fri Jan 17 2025

एनआरएनए यूकेको निर्वाचन १२ जुलाईमा, प्रमुख आयुक्तमा अन्तर्राष्ट्रिय उपाध्यक्ष रामशरण सिम्खडा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी नेतृत्वका निर्वाचन १२ जुलाईमा हुने भएको छ । एनआरएनए युकेको बैठकले एमआईएस प्रणालीको प्रयोग गरेर अनलाइन मार्फत सदस्यता बितरण र मतदान गर्ने सर्बसम्मत निर्णय गरेको छ। साथै बैठकले एनआरएनएका अन्तर्राष्ट्रिय उपाध्यक्ष रामशरण सिमखडालाई निर्वाचन समितिको संयोजक तोकेको छ।

यसै गरी बैठकले एनआरएनए युकेको काउन्सिल बैठक मार्च २ गर्ने निर्णय गरेको छ । एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ्गको अध्यक्षतामा भएको उक्त बैठकले काउन्सिल बैठकको आयोजना गर्नका लागि उपाध्यक्ष लिलाराम निउरेको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ। अल्डरशटमा आयोजना हुने उक्त बैठकमा बेलायतका सामाजिक  संघसँस्थाहरुका प्रतिनिधिहरूको सहभागिता रहने जनाएको छ ।

बैठकमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडाले संघका हालैका गतिविधिहरूका बारेमा प्रकाश पार्नु को साथै संघको आगामी गतिविधिहरुको बारेमा जानकारी दिंदै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई निर्वाधरुपमा आफ्ना गतिविधि सुचारु राख्न पूर्ण अधिकार रहेको समेत प्रकाश पारेका थिए। उपाध्यक्ष सिमखडाले हाल केन्द्रमा देखिएको भनिएको बिबाद सर्बोच्चको पछिल्लो फैसलाले निरुपण गर्दै निर्वाचित कमिटीलाई निर्बाध काम गर्न र पूर्ण कार्यकाल क्रियाशिल हुंदै आबधिक निर्वाचन‍ पश्चात नेतृत्व हस्तान्तरण गर्न बाटो खोलेको जानकारी दिए । न्याय निरुपणको अन्तिम मुकाम सम्मानित सर्बोच्च अदालत भएकोले उसले दिएको अन्तिम फैसलाले उच्चस्तरीय समितिको नाममा छुट्टै र समानान्तर क्रियाकलाप गर्ने अधिकारी नदिएको स्प्रष्ट पार्दै एकाताबद्ध एन आर एन को लागी सबै पक्ष लचिलो हुंदै ऐक्यबद्ध एनआरएनमा जोड दिए ।

उपमहासचिव सोम सापकोटाले संस्थाको वैधानिकतालाई अदालतको निर्णयले समाधान गरेकोले सबै एनसीसीहरु नियमित कार्यक्रमहरू अघि बढाउन अनुरोध गरे। ठकमा गैरआवासीय नेपाली संघका सल्लाहकार चिरन्जीबी ढकालले संघका गतिविधिहरूले समाजमा सकारात्मक सन्देश दिएको बताएका थिए र निर्वाचनको विषयमा एनसीसीहरुलाई अन्योलमा नपर्न आग्रह गरेका थिए। साथै, उनले भूतपूर्व गोर्खा सैनिकहरूको महत्वपूर्ण भूमिकाको प्रशंसा पनि गरे।

एनआरएनए गोर्खा कार्यदलका संयोजक चन्द्र बहादुर गुरुङ्गले बेलायतमा नेपाली भाषा कक्षाको आवश्यकता रहेको बताएका थिए र एनआरएनए यूकेको अभियानमा आफ्नो सहयोग सुनिश्चित गर्ने कुरा उल्लेख गरेका थिए।

बैठकले एनआरएनए यूकेको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि ३१ मे सम्म गर्ने निर्णय गरेको छ। सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ। नबिकरण प्रक‍ृयालाई सरलिकृत गर्न केन्द्रीय प्रणालीमा सुधारको लागी अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

बैठकले च्यारिटी कार्यक्रम अर्न एण्ड एजुकेट परियोजना अन्तर्गत आगामी जुनको पहिलो साता एक भब्य कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ। एनआरएनए यूकेको सदस्यता प्रमाणीकरणका लागि तिन सदस्यिय समिति गठन गरिएको छ, जसमा प्रमुख निर्वाचन आयुक्त केन्द्रीय उपाध्यक्ष रामशरण सिमखडा,  एन सी सी यूके अध्यक्ष हितकाजी गुरुङ्ग र  महासचिव गोविन्द खरेल रहेका छन्।

बैठकको शुरुमा कराते सिल्भर मेडल विजेता संन्जित राईलाई स्वागत र सम्मान गरिएको थियो।

बैठकमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिमखडा, उपमहासचिव सोम सापकोटा, सल्लाहकार चिरन्जीबी ढकाल, आइसीसी सदस्यहरु चन्द्र बहादुर गुरुङ्ग, विष्णु चालिसे, सरस्वती केसी, डा. मुकुन्द बास्तोला र चिरन शर्माको उपस्थिति थियो। यस्तै, बैठकमा उपाध्यक्षहरु मनिष खत्री, लिलाराम निउरे, कृष्ण भण्डारी, महासचिब गोबिन्द खरेल, सचिब द्वय तिलक भट्टराई र सरोज थापा कोषाध्यक्ष बिष्णु खरेल, सहकोषाध्यक्ष हेम गुरुङ्ग, सदस्यहरु बसन्त श्रेष्ठ, राजेशमणी लामिछाने, विमल गुरुङ्ग, विनिता बस्नेत, नारायण फुयाँल एनआरएनए नर्दन आयरल्याण्ड अध्यक्ष बल बहादुर थापा, एनआरएनए इंल्याण्ड राज्यपरिषद अध्यक्ष शम्भुप्रसाद अर्याल, एनआरएनए यूके महिला संयोजक रोजिना गुरुङ्ग लगायत पूर्ब आई सी सी सदस्य कोश्लेश्वर ढकाल (कृष्ण) को उपस्थिति थियो।

केन्द्रीय एमआईएस प्रणाली मार्फत सदस्यता बितरण र निर्वाचन गराउन सदस्यता खोल्ने पहिलो एन सी सी भएको महासचिब गोबिन्द खरेल ले जानकारी दिएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार ११:२६