सत्य स्वरुप एडिलेड आउदै, यस्तो छ कार्यक्रम
सिड्नी । भजन शिरोमणि भक्तराज आचार्यका सुपुत्रद्धय गायक दाजुभाइ सत्यराज आचार्य र स्वरुपराज आचार्यले २८ डिसेम्वर शनिवार एडिलेडको उड्भिल टाउनहलमा प्रस्तुति दिने भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) साउथ अष्ट्रेलियाको नियन्त्रणामा आचार्यद्धय एडिलेड आउन लागेका हुन् । आफ्नो तेस्रो अस्ट्रेलियाको सांगितिक भ्रमणको क्रममा रहेका आचार्यद्धयका डाडाघरे साईली, पागलै भन, धेरै माया दिदा रैछन्, मैसावले घाइते दिलमा आरा चलास्यो लगायत धेरै चर्चित गितहरु रहेका छन् । त्यसरी आफ्ना लाईभ शोहरुमा दर्शकहरुको माग अनुसार पिता भक्तराज आचार्यका गितहरु समेत प्रस्तुत गर्ने गरेका छन् ।
एडिलेडमा सत्य स्वरुप म्युजिकल नाईट साझ ६ बजेबाट शुरु हुने र प्रवेशका लागि अष्ट्रेलियन डलर ३५ र भिआपी टिकटका लागि अष्ट्रेलियन डलर एक सय तोकिएको इनास साउथ अष्ट्रेलियाले जनाएको छ ।
प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार ०९:१०