३ माघ २०८१, बिहीबार | Fri Jan 17 2025

भुटानी नरेशद्वारा बौद्धनाथ दर्शन

२१ मङ्सिर, काठमाडौँ । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गर्नुभएको छ । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गर्नुभएको थियो ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १३:०९