पत्रकार महासंघमा प्रेस युनियन र प्रेस चौतारीको भागवण्डा, यी हुन उम्मेदवारहरू
२१ मंसिर, काठमाडौँ । प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा भागवण्डा गर्ने सहमति गरेको छ । मंसिर २८ गते हुने निर्वाचनमा युनियन र चौतारीले मिलेर उम्मेदवारी दिने निर्णय गरेका हुन । भागवण्डा अनुसार पत्रकार महासंघको अध्यक्षमा प्रेस चौतारीले उम्मेदवारी दिनेछ भने । प्रेस युनियनले सहयोग गर्नेछ । त्यस्तै बाँकी पदमा पनि एकले उम्मेदवारी दिएको पदमा अर्को संगठनले सहयोग गर्नेछ ।
सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमामा उम्मेदवारी दिनेछ । जस मध्ये चौतारीबाट अध्यक्षमा निर्मला शर्माको नाम यसअघि नै टुंगिसकेको छ । भने महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चाैधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली लगायत उम्मेदवार हुने सम्भावना रहेको छ । यसअघि प्रेस सेन्टरसँग सहमति गरेर अघि बढ्नेक्रममै चौतारीले यी पदमा यी उम्मेदवारको नाम टुंगो लगाइसकेको थियो । यद्यपी नयाँ परिस्थितिमा अघि बढ्दा के गर्छ भन्ने कुरा निर्णय नआउँदासम्म भन्न सक्ने अवस्था छैन ।
प्रेस युनियनले वरिष्ठ उपाध्यक्ष, महासचिव, खुला सचिव, एसोसियट सचिव, मधेसी सचिव लगायतको पदमा उम्मेदवारी दिनेछ । दुबै संगठनले प्रदेश र जिल्लाको नेतृत्व समेत सकले लिने भनेर टुंगो लगाएका छन । १० प्रदेश मध्ये ६ मा युनियन र ४ मा चौतारीले लिने सहमति भएको छ ।
जसमध्ये बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्षमा युनियनले उम्मेदवारी दिनेछ भने कोशी, मधेश, कर्णाली र उपत्यका अध्यक्षमा चौतारीले उम्मेदवारी दिनेछ । चौतारी र युनियनले ७७ जिल्ला मध्ये ३६ मा चौतारी र ४१ जिल्लामा युनियनले अध्यक्ष लिने सहमति गरेका छन ।
प्रेस युनियन नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधि बठाउने पत्रकारहरूको संस्था हो भने प्रेस चाैतारी नेकपा एमालेको महाधिवेशनमा प्रतिनिधि पठाउने पत्रकारहरूको संस्था हो ।
प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १३:१८