करुण रसमा बनेको पूर्णबहादुरको सारङ्गी हेरेपछि…
-लक्ष्मण सिटाैला
अहिले नेपाली रजतपटमा हिट मानिएको चलचित्र पुर्ण बहादुरको सारङ्गीमा पुर्ण बहादुर पुरुष पात्र नदेखाएर त्यस्लाई ठ्याक्कै उल्टो स्त्री पात्र अर्थात आमा पात्रको संघर्शको कथा देखाएको भए नेपाली चलचित्रको इतिहासमा एउटा अर्को क्रान्तिको पटाक्षप हुनेथियो। कल्पना गर्नुस्त पुर्ण बहादुरको सारङ्गी यदि महिला पात्रले बोकेर त्यो सिङ्गो सङ्ग्राम चाहिँ स्त्री पात्रले गरेको र पुर्ण बहादुर चाहिँ हुतिहारा हुँदै अर्कि स्त्रीसग जोइल गएको दृश्य देखाइएको ? कथालाई ठ्याक्कै उल्टो पारेर हेर्नुस।
दोहोरी गीतबाट मन जितेर ल्याइएकि, पछि बिधिवत रूपमा सिंदुर हालेर भित्र्याइएकी श्रीमती पछि लोग्नेको गरीबी देखेर असन्तुष्टि जनाउछे। र ससुरा बितेर कृयाबसेको लोग्नेलाई छाडेर अर्को गाउँले केटोसग भाग्छे। गाइने गन्धर्व पेशा मन नपरी नपरी गाइनेको गीतबाट प्रभावि भएर गन्धर्वसग प्रेमको साइनो गासेकी केटीलाई पछि लोग्ने र उस्को पेशा प्रती नै घृणा लागेर आउँछ। मन नपराउनु पाइन्छ तर कस्तो अवस्थाम्मा लोग्नेलाई छोडेर गइन भन्ने दृश्यले दर्शकको मन लुछिरहनु स्कृप्ट लेखनको सबैभन्दा बेजोड कलात्मक पक्ष हो।
आफुले जन्माएको छोरालाई लिएर भागे पनि छोरा बिच बाटोबाट नै बाउको मायाले जङ्गलबाट घर फर्किदा आमा त्यही छोरा सगै किन घरमा नफर्किएकि भन्ने कौतुक बेजोड रहन्छ दर्शकको मनमा । यहि हो स्कृप्टको बलियो पकड पनि । आमा चुत्थी हुन्न कहिले पनि भन्ने लाखौं बर्ष देखिको हाम्रो भ्रमलाइ यो कथाले उतारिदिएको छ।
क्रिया बसेको लोग्ने छोडेर अर्को नाठाेसग पोइल जाने नारीलाइ कलन्कित निकृस्ट पात्र देखाउनु, श्रीमती ( नारी ) लाई रन्डि भनेर सम्बोधन गर्नु यो चलचित्रको सबैभन्दा असुन्दर पक्ष भलै होला तर भैदिन्छ त्यही। योजनामा जिन्दगी नै कहाँ चल्छ र? नियमित तर पनि अनियमित हो जिन्दगी । स्कृप्टको कमजोरी पक्ष छन तर त्यस्को वकालत गरिरहनु जरुरी छैन अब। सुरुको दृश्यबाट फिल्मको सुरुवात र सुरुको दृश्य बाट नै फिल्मको अन्त्य । एक बाउले छोरीलाई कथा भनिरहेको दृश्य।
कथा पछि कथा भन्ने फ्ल्यासब्याक थ्यौरीको व्यापक प्रयोग भएको छ। एम बि बि एस पढ्दै गरेको बाउले बिहे नै नगरी त्यत्री छोरीलाई एकैपटक आफ्नो कथा सुनाउदा दर्शक अल्मलिनु चाहिँ स्वाभाविक थियो। दोहोरी गीत गाउदाका बखतमा त्यही स्वर मीठो, त्यही गाइने मीठो भो माया बस्यो। मन परेको मान्छेलाई हलि राख्नु भन्दा आफै हारेर उस्को होइदिनु ठिक लाग्यो भन्ने प्रेम दर्शाइ साच्चिकै कलात्मक छ। कम्जोर कथामा यदि यो फिलिम बनेको भए सुपर फ्लप हुन्थ्यो होला
छोराछोरी हुर्काउनु र पढाउनुमा जति भुमिका आमाको हुन्छ त्यस्को बीस प्रतिशत बाउको होला। तर यो चलचित्रको कथामा भने श्रीमतीलाई रन्डिको उपमा दिइएको छ। र सिङ्गो चलचित्रमा पोइल गएकी भनेकी आमा पात्रको अभावले दर्शकको मुटु कोतरिरहन्छ।
सामान्य सोचाइमा उनी पोइल गइन। घर छोडेर अर्को पुरुषको पछि लागेर जाने नारीलाई पोइल गएकी नभनेर मन्दिर देउकी बस्न गएकी भनेर कस्ले भन्छ? कि दर्शक चै स्कृप्ट लेखक भन्दा पनि बढी विद्वान हुन पर्यो।
प्रायः दृश्य दोहोरिनुले पनि मनोटाेनस फिल हुन्छ । करुण रसमा बनेको शिक्षाको महत्वलाई लिएर बुनिएको आज भन्दा ४० बर्ष अगाडिको गन्धर्वको सन्दर्भमा निर्मित कथाले न्याय भने पाएको छ।
छोराछोरी हुर्काउनु र पढाउनुमा जति भुमिका आमाको हुन्छ त्यस्को बीस प्रतिशत बाउको होला। तर यो चलचित्रको कथामा भने श्रीमतीलाई रन्डिको उपमा दिइएको छ। र सिङ्गो चलचित्रमा पोइल गएकी भनेकी आमा पात्रको अभावले दर्शकको मुटु कोतरिरहन्छ।
चलचित्रको कथा लेख्नका लागि सामान्यतया तीनवटा तरिका हुन्छन् । पहिलो कथाकारले फिल्मको ‘विषय’ वा ‘विचार’ बताउँछन्। यदि निर्माता वा निर्देशकलाई मन पर्यो भने उसलाई कथा विकास गर्न भनिन्छ। कथाकारले विस्तृत रूपरेखा तयार गरी निर्माता-निर्देशकलाई सुनाउँछन्। मन पर्यो भने कलाकारलाई सुनाइन्छ र स्वीकृति पाएपछि । स्क्रिप्ट तयार गर्न लगाइन्छ
अर्को तरिका भनेको निर्माता वा निर्देशकले आफुले यस्तो कथामा फिल्म निर्माण गर्न चाहेको भनि स्कृप्ट लेखक/कथाकारलाई ‘विचार’ वा ‘विषय’ दिन्छ। जसको माध्यमबाट कथाकारले कथाको रूपरेखा बिस्तृत तयार गरी सुनाउँछ। निर्देशक वा निर्मातालाई कथाको बिस्तृती मन पर्यो भने कुरा अगाडि बढ्ने छ। पुर्ण बहादुरको सारङ्गीमा यहि सुत्र प्रयोग भएको छ। बिषय बस्तु पहिला दिइयो पछि स्कृप्ट लेखियो।
तेस्रो तरिका हो- कथाकारसँग कथाको रूपरेखा तयार हुन्छ। सुनेपछि निर्माता–निर्देशकलाई मन पर्यो भने या उनीहरूलाई चित्त बुझ्यो भने प्रोजेक्ट अगाडि बढ्छ। एउटा निर्माता–निर्देशकलाई कथा मन परेन भने अर्कोलाई पनि मन नपर्ने भन्ने अवस्य हुन्न, किनभने निर्देशकले कथा मन पराउँदा धेरै कुरालाई ध्यानमा राख्नुपर्छ, जस्तै उक्त कथामा को को पात्र अर्थात चलिरहेको कुन कुन कलाकारलाई त्यो कथामा उस्को भुमिका सुहाउँदो हुन्छ भनेर कल्पना गर्नुपर्ने पनि हुन्छ। कथा चयनमा सिङ्गो फिल्मको चरीत्र को को हुन सक्छ भनेर संभावनाको कल्पना गरिन्छ। त्यो सम्भावना लेखकले सोच्दैन किनकि उसको काम कथा निर्माण गर्ने हो चरित्र निर्माण गर्ने हो पात्र चयन होइन । पात्र चयनको काम निर्देशकको हो।
कतिपय निर्माता र निर्देशक कथाकारसँग बसेर कथा निर्माणमा आफैं योगदान पुर्याउछन। अहिले चलेका कतिपय नेपाली फिल्मका कथाहरु कसैले नि नभनेका कथा भने होइनन् । फिल्मी कथाहरूमा, पात्रहरुको वास्तविकतासँग कुनै सम्बन्ध हुँदैन । मिलेको जस्तो लाग्नु स्वाभाविक हो। दुनियाँ ठुलो छ। कुनै न कुनै कथा कुनै न कुनै मानिसको जिन्दगीसग अवस्य मेल खान्छ । धेरैजसो फिल्ममा यस्तो ‘स्थिति’ बनाइन्छ जुन वास्तविकताभन्दा धेरै टाढा हुन्छ र केही अनौठो पनि हुन्छ। हामीले पुराना नेपाली फिल्महरुमा पनि यो कुराहरु पाँउछौ । कथाहरु कम लेखिने र फिल्महरु कम बनिने कुमारी सिंदुर र जीवन रेखाको बेलामा एउटा फिल्म ४-५ महिनासम्म हल बाट उत्रदैनथ्यो। अर्को हलमा लाउने फिल्म नभएपछि लगाइरहेको फिल्म उतार्नु पो किन ?। चले पनि चल्थ्यो अनि नचले पनि चल्थ्यो।
फिल्मका कतिपय कथाहरू काल्पनिक वर्गमा पनि पर्छन्। नेपाली फिल्म अझैसम्म पनि भारतीय सिनेमाबाट प्रभावित छन भन्दा शिर झुकाउनु पर्ने केही कुरा छैन। सन्सारको साहित्य सन्सारले पढ्छ। प्रभाव पर्छ। ठुलो कुरा गरेर केही हुन्न। हिन्दी धारावाहिक टेलिफिलिम ‘रामायण’को कथा नै फिल्मको कथाको आधारभूत आधार थियो त्यतिबेला निर्माण भएका नेपाली चलचित्रमा समेत । सस्कृत कथामा रामजस्तो आदर्श नायक जो फिल्ममा पनि नायक हुनुपर्ने युग थियो, नायिका चाहि सीता जस्तै आदर्श नारी हुनुपर्ने भन्ने कुराले पनि लामोसमयसम्म प्रभाव जमाइरह्यो।
रामसीतासँग हनुमानजस्तै वफादार सहयोगी र रावण जस्तो खलनायक थियो। साहित्यको यो प्रभाव पचासौं बर्षको फिल्म निर्माणको इतिहासमा परिरह्यो। रामायण र महाभारत साहित्यको सबै घटनाहरू पात्रहरुको प्रभाव फिल्मी साहित्यमा लामो अवधीसम्म परिरह्यो। भारतीय चलचित्रमा सत्यजित रे को उपस्थिति र प्रबिधिमा आएको परिवर्तनको कारण फिल्म निर्माणमा परिवर्तन आउन थाल्यो।युग परिवर्तन , समाज परिवर्तन , मानिसका निजि चरीत्रमा आइरहेको व्यापक परिवर्तनले केही वर्ष यता निर्माण भएका चलचित्रको कथाले नयाँ मोड लिएको छ । जसमा अहिले चलचित्रको कथाको नायक वा नायिका प्रायः अपराधी, तस्कर वा तस्कर वा अपराधीको बीचमा फसेका साहसी युवा युवती हुन थालेका छन।
बदला लिने चलचित्र बन्न थालेदेखि अदालत वा समाजबाट न्याय नपाएमा वा न्याय नपाउने अवस्था आएमा अपराधीबाट यातना भोगेका नायक–नायिकाले आफैं अपराधीबाट बदला लिन्छन् । आजकल नयाँ मोड आएको छ, जसमा राजनीतिक सामाजिक पृष्ठभूमिमा पनि प्रतिशोधात्मक फिल्म बन्न थालेका छन। प्रेम पृष्ठभुमिमा थुप्रै नेपाली चलचित्र निर्माण भएका छन। प्रेम बिषय पुरानो लाग्न थालेका छन।
अब फिल्म सामाजिक कथामा र राम्रो कन्टेन्टमा बन्नु जरुरी छ । अहिलेको समाज कस्तो अवस्थाबाट गुज्रिएको छ ? सिनेमाको पर्दामा देखिएको कथा त्यो मेरो आफ्नो कथा हो भन्ने कुरा हरेक दर्शकले महसुस गर्नु जरुरी देखिन थालेको छ। कुनै बेला रामायण र आदर्श पात्रमा बन्ने फिल्म पछि आएर बदला र फाइट बेसमा बनेका फिल्म चले। अब फिल्मले धार बदलेको छ । अब हिरो बेसमा, माया प्रेमको बेसमा बनेका फिल्मलाइ दर्शकले नरुचाउने भैसके। दर्शक फरक स्वाद चाहन्छन अब ।
काल्पनिक नै सहि फिल्म गतिशील हुनुपर्छ , केहि बर्ष फिल्म उद्योग ध्वस्त बन्यो। खास गरेर कोभीड पछि बिश्व अर्थतन्त्र धेरै समय मुर्झायो। मानिसहरूका आय आर्जको गतिमा तीब्र ब्रेक लाग्यो। यो बीचमा केही फिल्म बने तर बक्स अफिसमा फ्लप भए । पारिवारिक सामाजिक चलचित्र निर्माण पनि भएको हो तर तिन्ले पानी पनि पिउन पाएनन् । अहिले मनोबिनोदी, सामाजिक हास्यरसमा र यथार्थवादमा आधारित भै बनिने फिल्महरु चल्छन् । यस्को उदाहरण छक्का पन्जाको चारौ शृङ्खला सम्म लगातार हिट हुनुले पनि प्रमाणित गर्छ।
अहिले बनिरहेका नेपाली फिल्म एकाध बाहेक सबै निर्देशक र निर्माताहरूमा शुद्ध हास्य कथानकको अभाव छ। केही हास्यव्यंग्य टेलीफिल्मबाट जमिसकेका कलाकार शिवहरी पौडेल जितु नेपाल केदार घिमिरे दिपक राज गिरि आदि कलाकारहरु पनि हम्मेसी हास्यरस प्रदान फिल्म बनाउन डराउछन। नेपाली चलचित्रको इतिहासमा केही कमेडी फिल्म बनाइएका छन् । जतिबेला गोपालराज मैनाली रजतपटमा असाध्य रुचाइएका पात्र थिए।
कहिलेकाहीं, कथा बनाउनको लागी, केहि प्रकारको क्यारेक्टरहरुको निर्माण गरिन्छ र घटनाहरुलाई आधार मानिन्छ। फिल्मको कथाका लागि एउटा सूत्र बनाइएको हुन्छ । त्यसमा केही नाटक तत्व , केही खुसी–दुःख, पिडाको अवस्था र केही उतारचढाव कार्य अनिवार्य मानिन्छ । ‘क्लाइम्याक्स’ पनि फिल्मको कथाको अत्यावश्यक अंग हो । नेपाली चलचित्र उद्योगमा लेखकहरूलाई खासै महत्व दिइएको छैन र उनीहरूलाई राम्रो पारिश्रमिक दिइएको पनि छैन। पारिश्रमिकले मिहिनेतमा प्रभाव पार्छ नै तर यो कुरा फिल्म निर्माताले बुझिसकेको अवस्था छैन।
कथा फाइनल भएपछि यसको स्क्रिप्ट लेखिन्छ । यसलाई ‘स्क्रिन प्ले’ वा ‘सेनारियो’ पनि भनिन्छ। पटकथा लेखकले मूल कथानक विस्तार गर्दछ। प्रत्येक दृश्य अलग-अलग लेखिनु पर्ने हुन्छ। यो कामका लागि क्यामेरासँग सम्बन्धित ज्ञानका साथसाथै दर्शकलाई कस्तो किसिमको दृश्यले प्रभाव पार्छ भन्ने कुरा पनि जान्नु जरुरी छ । पटकथा लेखकले पनि विभिन्न दृश्यबीच समन्वयताको बारेमा थाहा पाउनु जरुरी हुन्छ । एउटा स्कृन प्ले लेखकले आफ्नो सिर्जनात्मक क्षमताको भरपुर उपयोग गर्नु जरुरी छ। फिल्मको सुरुवात र अन्त्य निकै प्रभावकारी हुनुपर्छ भन्ने कुरामा पनि त्यतिकै ध्यान दिनुपर्छ ।
पटकथा लेखनको प्रक्रिया अनुसार सबैभन्दा पहिले निर्माताले पटकथा लेखकसँग सम्झौतामा हस्ताक्षर गर्छ। कथाकार आफैंले पनि पटकथा लेख्न सक्छ निर्माताले पटकथा लेखनमा हस्तक्षेप नगर्दा नै राम्रो हुन्छ। यसपछि कथाकार, पटकथा लेखक, निर्देशक, निर्माता र संवाद लेखक तय भएपछि दुई चार पटक बिस्तृत छलफलमा बस्नुपर्छ ।
सबैभन्दा पहिले कथाकारले आफ्नो कथालाई विस्तृत रूपमा भन्नुपर्छ । त्यसपछि कथामा के राम्रा र के कमजोर पक्षहरू छन त्यसबारेमा बहस चलाउनुपर्छ । अनि कथाका कमजोर बिन्दुहरू हटाइन्छ। त्यसपछि निर्देशक र निर्माताले आ-आफ्ना आवश्यकताहरू छलफल गर्छन् र कथामा अन्य कलाकारहरू समावेश गर्ने बारे पनि छलफल हुनुपर्छ ।
कलाकारहरूका लागि पात्रहरू सिर्जना हुन्छन् र उनीहरूले कथामा कस्तो योगदान दिने भन्ने कुरा तय हुन्छ। उदाहरणका लागि सामाजिक कमेडियन खालको कथा छ भने सामाजिक हास्यब्यङ्य फिल्मका लागि उपयुक्त पात्र पनि उक्त छलफलमा रहनुपर्छ । कहिलेकाहीँ एउटा नायकको कथामा अर्को नायक पनि समावेश गर्नुपर्छ । अब यहि बिचमा कतिवटा गीत हुनेछन् ? कस्तो खालको गीत हुनेछ भन्ने पनि सोचिएको हुन्छ । कथा ले गीत माग्दैन। गीत जवर्जस्त राख्ने चलन पनि छ। गीतले हिट भएका चलचित्र पनि छन।
दोस्रो चरणमा कथालाई कसरी निर्देशन गर्ने भन्ने टुंगो लगाइन्छ । त्यहाँ दुईवटा कुराले प्रमुखता पाएको हुन्छ। एउटा प्रत्यक्ष कथन र अर्को फ्ल्याशब्याक कथन हो। फ्ल्यासब्याक र फ्ल्याश फरवार्डहरू पनि कहिलेकाहीँ श्रृंखलाहरूमा प्रयोग गरिन्छ। फ्ल्यासब्याकमा नायक वा पात्रको परिचय हुन्छ र त्यो पात्रले अर्को चरित्रलाई वर्णन गर्दछ कथाको बीचमा पनि कथामा पहिले भएको घटनालाई सम्झाउन प्रयोग गरिन्छ र एउटै पात्रको साथ समाप्त हुन्छ। फ्ल्यास फर्वार्डको अर्थ पात्रले गरेको कुनै पनि कार्यको परिणाम र त्यसको माध्यमबाट चरित्र र कथामा चरम नाटक सिर्जना गर्नु हो।
तेस्रो चरणमा पटकथा लेखन सुरु हुन्छ। यसमा सबैभन्दा पहिले फिल्म कहाँबाट सुरु हुन्छ र त्यसपछि एकपछि अर्को दृश्य कस्तो हुन्छ भन्ने कुरा तय हुन्छ । फिल्मको क्लाइमेक्स कहिले यो चरणमा तय हुन्छ त कहिले पछिका लागि छोडिन्छ। यो लिपि धेरै लचिलो हुनुपर्छ , जुन समय र स्थान अनुसार परिवर्तन गर्न सकिन्छ। पटकथा लेखनका दुई ढाँचा हुन्छन्, एउटा ‘वन लाइन स्क्रिन प्ले’, यसमा दृश्यहरू विस्तृत रूपमा लेखिएका हुँदैनन्, दृश्यमा के भन्नु पर्ने मात्रै लेखिन्छ र सुटिङको योजना बनाउँदा लेखक, निर्देशक, निर्माता बसेर दृश्य विस्तृत रूपमा सिर्जना गरिन्छ र संवाद लेखकलाई संवाद लेख्न दिइन्छ। खास गरेर हिजोआज निर्माण हुने चलचित्रमा कथा लेख्नेलाइनै नै पटकथा र सम्बाद समेत लेख्न लगाइन्छ। यसो गर्दा कथा र दृश्यमा एक रुपता आउन मद्दत मिल्छ। यसो गर्दा फिल्म कमजोर हुने सम्भावना पनि कम हुन्छ । दोस्रो तरिका हो जसमा स्क्रिप्ट र दृश्यहरू पूर्ण र विस्तृत रूपमा लेखिएको हुन्छ।
पटकथा लेखनमा दृश्य परिवर्तनका केही विशेष प्रविधिको ज्ञान पनि आवश्यक हुन्छ। यी मध्ये प्रमुख हुन् विघटन, फेड-इन, फेड-आउट, ब्लर र लामो विघटन आदि। दृश्य परिवर्तनको लागि, जब एक दृश्यबाट अर्को दृश्य उत्पन्न हुन्छ, यसलाई विघटन भनिन्छ। जब कुनै दृश्य पूर्ण रूपमा गायब हुन्छ, यसलाई ‘फेड आउट’ भनिन्छ
पछि, नयाँ दृश्य देखा पर्दा, यसलाई ‘फेड इन’ भनिन्छ।
स्क्रिप्ट लेखन सुटिङको दौरानमा समेत इडिट गर्न सकिन्छ र यो नै फाइनल हो भनेर भन्दा पनि सुटिङ स्पटको सिचुएशनले परिवर्तन ल्याउन पनि सक्छ। यसमा केही थप्न सकिन्छ, केही काट्न सकिन्छ । सेटमा सुटिङ गर्दा अन्तिम मिनेटसम्म परिमार्जन हुन सक्छ। स्क्रिप्ट सुटिङ नगरेसम्म यो एउटा कच्चा पदार्थ हो। नपाकुन्जेल चामललाइ खिर बनाए पनि भो भात बनाए पनि भो जाउलो बनाए पनि भो तर जब एक रूपमा पाक्छ अनि परिवर्तन हुँदैन । जति मिहिनेत गर्नी हो कथामा स्कृप्टमा सम्बादमा नै हो। फिलिमको प्राबिधिक पक्षमा कुनै कम्प्रोमाइज गर्नु हुँदैन ।
यतिका बावजुद पनि फिल्महरु असफल हुन्छन् । जनताले कुन फर्मुला स्विकार्ने र कुन फर्मुलालाई अस्वीकार गर्ने भन्ने कुरा भन्न सकिने अवस्था छैन। कहिले सामान्य बजेट सामान्य कथामा बनेको फिल्म नपत्यादो पाराले हिट भैदिन्छ। फिल्म बुझेकाहरुले फिल्म हेरिदिएर फिल्म हिट हुने होईन । फिल्मको व्यापारबाट करोडौं रुपैयाँ कमाउन सकिन्छ यो एउटा लकको कुरा पनि हो ।
रंगीन चलचित्र निर्माण सुरु भएपछि बिश्व जगतमा करोडौं फिल्म बनिसकेका छन।मनोरंजनको क्षेत्र व्यापक हुँदै गएको छ। नेपालमा कयौं बर्षसम्म हिन्दी फिल्मको प्रभाव रह्यो। हामीले फिल्म निर्माणका प्राबिधिक कामदेखी कला क्षेत्रका काम समेत हिन्दी फिल्म बाट नै सिक्यौ। भारतमा कला चलचित्र निर्माणमा सत्यजित रे को भुमिका सदा सम्मानित रहेको छ। नेपाली चलचित्रको इतिहास निर्माणमा प्रकाश थापा देखि तुल्सी घिमिरेसम्मको योगदान अतुलनीय छ।
सत्यजित रेले विभिन्न शटहरूको स्केच पनि पहिल्यै बनाइदिन्थे र त्यसैको आधारमा सुटिङ गर्थे। यसको कारण उनी चित्रकार पनि हुन् । पटकथा लेखकलाई क्यामेराको ज्ञान हुनु आवश्यक नभए पनि क्यामेराको मुभमेन्टको ज्ञान भएमा पटकथा लेखनमा धेरै सहयोग पुग्छ ।
प्रायः पटकथा लेखकले दृश्य कसरी खुल्ने भन्ने निर्णय गर्नुपर्छ। दृश्य कहाँ समाप्त हुन्छ र अर्को दृश्यसँग कसरी जोडिन्छ। यी सबै चीजहरूको लागि, क्यामेरा चालको ज्ञान आवश्यक हुन्छ। उदाहरणका लागि, तपाईंले नजिकबाट एउटा दृश्य सुरु गर्नुभएको छ र तपाईं उही दृश्यमा थप क्यारेक्टरहरू समावेश गर्न चाहनुहुन्छ, त्यसपछि तपाईंले लेख्नुपर्छ – ट्रली वा जुम पछाडि जान्छ र अन्य क्यारेक्टरहरू दृश्यमा देखा पर्दछन्। त्यसैगरी दृश्य बन्द गर्दा कुन क्यारेक्टरमा दृश्य बन्द हुने र त्यसबेला क्यामेराको पोजिसन कस्तो हुनेछ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ ।
समग्रमा, पटकथा लेखनको आफ्नै व्याकरण छ जुन बुझ्न महत्त्वपूर्ण छ। साढे दुई घन्टा व्यस्त राख्ने र जिज्ञासा कायम राख्ने गरी दर्शकसामु कथा प्रस्तुत गर्नु पटकथा लेखनको मुख्य आधार मानिन्छ । यसका साथसाथै कथाको प्रारम्भ र मध्य मात्र होइन अन्त्य पनि प्रभावकारी हुनु जरुरी छ । यो सिद्धान्त चर्चित हलिउड निर्देशक हिचककको हो ।
दर्शकलाई सुरुदेखि अन्त्यसम्म व्यस्त राख्न सक्ने स्क्रिप्टलाई उत्कृष्ट मानिन्छ। तपाईंले हजुरआमा, हजुरबा वा कुनै बूढापाका आफन्तबाट पनि एउटा कथा सुन्नु भएको होला जसमा कथा सुनाउँदा उनीहरूले तपाईंलाई अब के हुने हो भनी जिज्ञासा राख्थे। हरेक पल्ट मनमा यो प्रश्न उब्जिन्छ, अब के हुन्छ ? अब के हुने हो ? यो जिज्ञासा स्क्रिप्टको मूल मन्त्र हो। फिल्म हलमा दर्शकहरू बोर लागेर हाइ गर्न थाले भने तपाईंले लेखेको स्क्रिप्ट असफल भयो भनी जान्नुस।
प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार १२:४३