राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान
६ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गर्नुभएको छ ।
बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहबीच सेनापति द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राई, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो ।
चार दिने भ्रमणका लागि भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आउनुभएको हो ।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १५:०९