२४ मंसिर २०८१, सोमबार | Tue Dec 10 2024

हेल्प नेपालले मनायो २५औ बार्षिक उत्सव

अष्ट्रेलिया । नेपालमा सामाजिक काम गर्न विदेशमा रहेका नेपालको संस्था हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले आफ्नो २५ औ बार्षिक उत्सब अष्ट्रेलियाको राजधानी क्यानवेरामा मनाएको छ ।

नेपालका विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुराउदै आएको नेटवर्कले बार्षिक उत्सव मनाउन आयोजित कार्यक्रममा समानको लिलामी तथा सहयोगबाट अष्ट्रेलियन डलर ११००० उठाउन सफल भएको अध्यक्ष सन्तोषी गौतमले बताईन । अध्यक्ष गौतमले उठेको रकम नेपालका विभिन्न परियोजनाहरु मार्फत लक्षित समुदायमा पुर्याउने समेत जानकारी बताईन ।

कार्यक्रममा अष्ट्रेलिया सरकारका सुजेन ओर सहित अष्ट्रेलियन तथा नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा अष्ट्रेलियाका लागि कावा नेपाली राजदुत कुल बहादुर मगर, अष्ट्रेलियाका संसद सदस्य डेभिड स्मिथ, एन्ड्रयू ब्राडक  – उपसभामुख, ACT विधान सभा, ब्राइस विल्सन – काउन्सिलर, क्वीनबेयन काउन्सिल, NSW, फेलिसिटी भोल्क – नेपालका लागि पुर्व अष्ट्रेलियाली राजदूत, श्री दीपक राज गुप्ता – ACT मुख्यमन्त्री एन्ड्रयू बारको वरिष्ठ सल्लाहकार, कुन रहडियन – वरिष्ठ नीति अधिकारी, विदेश मामिला विभाग उपस्थिति रहेको थियो ।

डा. कृष्ण हमाले संयोजन गर्नु भएको बार्षिक उत्सब कार्यक्रममा नेपाली कला, संस्कृत तथा साहित्य प्रतिष्ठान क्यानबेरा अध्यक्ष यज्ञ अधिकारी, क्यानबेरा नेपाली समुदाय अध्यक्ष अभिषेक उप्रेती, फेन्का अष्ट्रेलिया कोषाध्यक्ष राजन कोइराला लगायत समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रमको नेटवर्कको भिक्टोरिया संयोजक संचालन सुबी बिष्टले गरेकी थिईन । भने १२० भन्दा बढि सहभागीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार ०७:३८