७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सूर्या लाईफ इन्स्योरेन्सले पायो हकप्रद सेयर जारी स्वीकृती


६ चैत, काठमाण्डाैं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । सुर्या लाईफ इन्स्योरेन्सले २८ करोड ८७ लाख रुपैँयाको सेयर जारी स्वीकृती पायको हो ।

कम्पनीले चैत १ गते ४० प्रतिशत अर्थात १० बराबर ४ अनुपातमा हकप्रद सेयर निष्काशनको लागि अनुमती प्रप्त गरेको छ । यससंगै कम्पनीलाई २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर बेच्नको लागि बाटो खुलेको छ ।

७२ करोड १८ लाख ७५ हजार रुपैँया चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद समेत गरेर एक अर्ब एक करोड छ लाख रुपैँया कायम हुनेछ । कम्पनीको अहिलेको सेयरमूल्य प्रतिकित्ता ७ सय १५ रुपैयाँ रहेको छ ।

१० प्रतिशत बोनस बाँडेको कम्पनीको बोनस सहितको ४० प्रतिशत हकप्रद सेयर जारी गर्नको लागि गत भदौमा सम्पन्न साधारण सभामै प्रस्ताव पारित भएको थियो । कम्पनीले बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई छानेको छ ।

चालु आर्थिक वर्षमा इन्स्योरेन्सले ७ करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा कायम गरेको छ । कम्पनीको अहिले ५ अर्ब १६ करोड १४ लाख ६ हजार २ सय ५० रुपैँया बजार पूँजीकरण रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १८:२६