७ पुष २०८१, आईतवार | Sun Dec 22 2024

पेट्रोलको भाउमा स्टाटस लेख्ने प्रधानमन्त्री ओली दुर्गाको ३२.५ अर्बको आरोपमा किन मौन ?

४ मंसिर, काठमाडौँ । कतिपय अवस्थामा गलत कुराको प्रतिवाद गरिरहनु अनिवार्य मानिन्न र त्यस्तो अभ्यासहरू पनि प्रशस्तै छन । तर राज्यको विरूद्धमा संविधान र कानुन भन्दा माथि गएर कहिले मारवाडी लखेट्ने त कहिले नेता र व्यापारीहरूको बारेमा व्यक्तिरूपमा गलत टिप्पणी गरेर आफूलाई निराशाको बीचमा फक्रिएको नायक घोषणा गरिरहेका विवादित व्यवसायी दुर्गा प्रसाईको बारेमा सरकार र अझ त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको मौनता किन भन्ने प्रश्न उब्जिएको छ ।

नागरिकको निराशामा प्रसाईको राज 

नागरिकको निराशामा मलजल गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नै कोल्याप्स पारेर राजा ल्याउने र त्यसका लागि आफूले डेढ अर्ब व्यक्तिगत रूपमा खर्च गर्ने सार्वजनिक घोषणा गरेर तथ्यहिन र आधारहिन विषयमा वक्तव्यबाजी गर्दै हिँडेका प्रसाईले सरकारले पूर्व सभामुखको निधनमा शोक मनाउने निर्णय गरेको दिन आइतबार प्रधानमन्त्री र नेकपा एमालेका नेताहरूको बारेमा गम्भीर आरोप लगाएर इभिडेन्सका नाममा फेक डकुमेन्ट क्रेट गरेर अफबाह फैलाउन सुरू गरेका छन ।

दुर्गाको उक्त अभियान फेक रहेको भनेर एमालेका महासचिव शंकर पोखरेलदेखि सयौँ नेता र कार्यकर्ताले काउन्टरमा उत्रिएका छन । तर पेट्रोलियम पदार्थको भाउ घट्यो भनेर नियमित प्रक्रियामा बारेमा फेसकुबमा स्टाटस लेख्ने प्रधानमन्त्री ओलीले केही प्रतिक्रिया नजाइ मौनता देखाइरहनुभएको छ । सोही पक्ररणमा आरोपित गरिएका उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमालले समेत यो टिप्पणी तयार पार्दासम्म केही प्रतिक्रिया जनाउनुभएको छैन ।

सम्बन्धितले प्रतिवाद नगर्ने र जवाफ नदिने हो भने गलत कुरा पनि विश्वास बनेर समाजमा स्थापित हुन्छ भन्ने कुराका पर्याप्त उदाहरणहरू रहेका छन । त्यसकारण यस्ता गम्भीर सवाल महिनौदेखि उठ्दा पनि सम्बन्धित नेताहरूले त्यसका बारेमा स्पष्ट पार्ने र अफवाह फैलाउनेका बिरूद्धमा कारबाहीका लागि कुनै पहलकदमी नलिनुले समाजमा बढ्दो निराशामा मलजल भएको देखिन्छ ।

प्रसाईले कानुन हातमा लिने छुट किन पाए ?

बिगतमा प्रधानमन्त्री अध्यक्ष रहेको नेकपा एमालेको केन्द्रीय सदस्य त्यो पनि ओलीकै प्रस्तावमा बनेका प्रसाई जसले कुनै समय ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलाउन मार्सी भात खुवाएकोबारेमा अहिले पनि चर्चा हुन्छ । ओलीको चोटाकोठा सबै चाहारेर उनको बारेमा नजिकसँग जानेका प्रसाईले जे भनिरहेका छन, जसरी भनिरहेका छन यसले गम्भीर प्रश्न उठाएको छ ।

आइतबार मात्र प्रसाईले सनसनीपूर्ण भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको कम्बोडियो टेलिकमको लगानीका सम्बन्धमा लगाएको आक्षेप पूर्ण र तथ्ययुक्त छैन भन्ने कुरा बुझ्न सकिन्छ । किनकी देशको प्रधानमन्त्रीले सँँढे ३२ अर्ब विदेशमा लगानी गरेको भनेर जे कुरा देखाउन खोजिएको छ त्यो विषयको प्रमाणको कुनै पूर्ण आकार देखिदैन । प्रमाण नै भएको र भेटिएको भए सम्भवत आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ सबैमा त्यही समाचारले भरिने थिए ।

ओलीको नाममै गलत स्पेलिङ टाइप भएको र हस्ताक्षर समेत नमिल्ने डकुमेन्टको केही छेउ देखाएर प्रसाइले नेपाली जनताको निराशामा थप मलजल गर्न खोजेको देखिन्छ । देशको प्रधानमन्त्री भनेको संस्था हो । संस्थाको प्रतिनिधित्व गर्ने ओली माथि प्रसाईले जुनहदमा जसरी अरोप लगाएका छन त्यसले देश र जनता कसैको पनि हित गर्दैन् । अझ सञ्चार मध्यमको आवरणमा युट्युबमा भ्यूज बटुलेर डलर कुम्ल्याउने अभियानमा लगेकाहरूले त्यसलाई सनसनीपूर्ण समाचार बनाएर सम्प्रेषण गरिरहेका छन ।

प्रमाणसहितको यथार्थ कुराहरू छन भने त्यो सम्बन्धित निकायमा उजुरी गरेर वा जानकारी गराएर कानुनी बाटोबाट त्यसको निकास खोज्न सकिन्छ तर प्रसाईले जुन बाटो समातेका छन त्यसले समाजलाई नकारात्मक बाटोमा दौडाउन खोजेको देखिन्छ । उनले कानुन हातमा लिन हरप्रयास गरिरहेका छन । प्रसाईले जानीजानी जे गरिरहेका त्यसले दीर्घकालीन रूपमा समस्याहरू सिर्जना गर्ने देखिन्छ । सरकारले प्रसाईको अराजकता नियन्त्रणमा ध्यान नदिनु सन्देहपूर्ण रहेको छ । प्रसाईले कानुन हातमा लिने छुट किन पाए ? त्यो झन रहस्यमय छ ।

शनिबार मात्रै प्रसाईले आप्रवासी व्यापारी लखेट्ने अभियानको घोषणा गरे । नेपालभित्र कानुन अनुसार व्यपार गरिरहेका व्यापारी लखेट्ने प्रसाई को हुन ? बैंक र लुघुबित्तले दिएका २० लाखसम्मको ऋण मिनाहा गर्ने भन्दै सानो लगानीमा व्यवसाय गरिरहेका नागरिकहरूलाई आफूतर्फ आकर्षिक गर्न खोजिरहेका छन । ऋण मिनाह गर्न दुर्गा प्रसाई को हुन ? तर पनि प्रहरी माैन छ । प्रहरीले नदेखेको हो कि नदेखेको जस्तो गरिरहेको हो ?

बिगतमा सशस्त्र द्धन्द्धको समयमा  माओवादीले बिजुली पैसा तिर्नुपर्दैन हामी मिनाह गर्छौ भन्दै नागरिकलाई बिजुली बिल तिर्न दिएनन र तिर्ने पैसा चन्दाको रूपमा लिएर हिँडे पछि शान्ति पक्रिया आएपछि नागरिकहरूले डब्बल तेब्बर जरिबानासहित बिजुली बिल तिरे तर माओवादीले त्यो एजेण्डा सत्तामा हुँदा कहिल्यै पनि उठाएन ।

यस्तो भोगेर आएका नेपालीका लागि दुर्गा फ्रोस्सा आश्वासले छुन नपर्ने हो तर समाजमा व्याप्त रहेको निराशाका बीचमा प्रसाई तीनै नागरिकहरूको शिकार गर्न खोज्दैछन । यो सबै बुझेको सरकार न त दुर्गाको अराजकता रोक्न सक्छ न त यथार्थ यस्तो हो भनेर जनतालाई बुझाउन सक्छ । यसले प्रसाईलाई झन बल मिलेको देखिन्छ ।

प्रधानमन्त्रीले नबोले पनि भ्रम चिर्न यस्ता प्रयास भैरहेका छन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रसाईको अभियानमा टिप्पणी गर्दै भन्नुभएको छ ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो । कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।’

त्यस्तै प्रधननमन्त्रीको जनसम्पर्क सल्लाहकार किरण पाैडेलले भन्नुभएको छ,  ‘दलालहरु,दुनियाँभरको बल लगाएर फेक डकुमेन्ट बनाउदा पनि नागरिकतामा भएको आधिकारिक नाम समेत के छ भन्ने सम्म पत्ता नहुनेले सारा कुरा पत्ता लगाको छु भन्दै दुनियाँलाई उल्लु बनाउनेलाई के भन्ने? चोर मचाया स्वोर??’

त्यस्तै पत्रकार नारायण अमृतले भन्नुभएको छ, ‘तथ्य–प्रमाणविना दुर्गा प्रसाईँको बोली र दाबीका भरमा भिडियोहरु झल्याकझुलुक पारेर युटुब र सोसलमिडियामा प्रधानमन्त्री केपी ओलीको बैदेशिक लगानी भन्दै जुन गम्भिर प्रकृतीको बुलिङ भइरहेको छ। यो खतरनाक छ। पत्रकारिताका नाममा भइरहेको यो नग्न अभ्यास आज ओलीमाथि होला भोली जोसुकैमाथि पनि हुन सक्छ। एआइको जमानामा ‘डीप फेक’ले सतह भरिन सक्छन्। के गर्नुपर्ने हो सम्बिन्धित निकायले गरोस्। बोल्नुपर्नेहरु पनि बोलुन्। यो महारोग हो है।’

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार ०७:५८