१० असार २०८३, बुधबार | Wed Jun 24 2026

‘ज्वाइँ साब’ नोभेम्बर २२ मा सिड्नीमा

२ मंङ्सिर, काठमाडाैँ । नेपालमा गत असोज २४ गते फूलपातीको दिन रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ यही नोभेम्बर २२ मा अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ । जितु नेपाल र निती शाह स्टारर फिल्म सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो ।

वसन्त निराौला निर्देशित फिल्मलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज गर्न लागेको हो । लगानी उठाएको यो फिल्मले राम्रो समीक्षा पाएको थियो । पाल्पा इन्टरटेनमेन्टका दिनेश श्रेष्ठका अनुसार सिड्नीमा दर्शकले ‘ज्वाइँ साब’को माग गरेपछि रिलिज गर्न लागिएको हो । उनले अन्य सहरहरुमा पनि फिल्म रिलिजको तयारी भइरहेको जानकारी दिए ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।

प्रकाशित मिति : November 17, 2024 at 5:29 pm