२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

सूचना आयोगको प्रमुखमा कांग्रेस नेता आचार्य, यस्ता थिए नियुक्ति माग्ने अन्य अनुहार

२३ कात्तिक, काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाली कांग्रेसका नेता डा सुरेश आचार्य नियुक्त हुनुहुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा रहेको सिफारिस समितले आयोगको प्रमुख आयुक्तमा कांग्रेस नेता आचार्यलाई सिफारिस गरेको हो ।

त्यस्तै आयुक्तमा नेकपा एमालेका नेता गगन विष्ट र अधिवक्ता दुर्गा भण्डारी सिफारिस हुनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक आचार्य नेपाल पत्रकार महासंघको पूर्व सभापति हुनुहुन्छ भने, नेकपा एमालेको प्रचार विभागको सचिव विष्ट प्रेस चौतारी नेपालको पूर्व अध्यक्ष हुनुहुन्छ । त्यस्तै प्रेस काउन्सिल नेपालको सदस्यबाट केही साता अघिमात्र निर्वृत्त भण्डारी नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य र प्रेस चौतारी नेपालको पूर्व सचिव हुनुहुन्छ ।

सिफारिस समितिका संयोजक सभामुख देवराज घिमिरे, सदस्य सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ र पत्रकार महासंघको कार्यबाहक अध्यक्ष बाला अधिकारी ।

सिफारिस समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ र नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्ष बाला अधिकारी सदस्य रहेको समितिले उहाँहरूको नियुक्तिको सिफारिस गरेको हो । तीन सदस्यीय सिमितले गरेको सफारिसका आधारमा बिहीबारको नियमति मन्त्रिपरिषद् बैठकले उहाँहरूको नियुक्ति गर्नुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएपछि मन्त्रिपरिषद् बैठक नै बस्न सकेको छैन ।

कात्तिक २२ गते महेन्द्र गुरूङ नेतृत्वको पदाधिकारीको कार्यकाल सकिएको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि राष्ट्रिय सूचना आयोग गठनको परिकल्पना गरे अनुसार यो चौँथो पटक आयोगले नयाँ नेतृत्व पाउँदैछ ।

आयोगमा प्रमुख आयुक्त र आयुक्त हुन पूर्व सचिवदेखि पत्रकाहरूसम्मले निवेदन दिएका थिए । तर राजनीतिक भागवण्डामा हुने नियुक्ति भएकोले औपचारिकता पूरा गर्नका लागि सूचना नै प्रकाशित गरी आवेदन मागिएको थियो । सूचना अनुसार नियुक्तिमा साह्रै रहर गर्नेहरू पनि केही देखिएका छन । जसले प्रमुख आयुक्त र आयुक्त दुबैमा नियुक्ति पाउँ भन्दै निवेदन दिएका छन ।

प्रमुख आयुक्त आचार्य र आयुक्तद्धय विष्ट र भण्डारी ।

सूचना आयोगको नियुक्तिमा दाबी गर्नेहरू मध्ये सात जनाले प्रमुख आयुक्त र आयुक्त दुबैमा आफू योग्य रहेको दाबी सात जनाले गरेका थिए अर्थात सात जनाले दुबै पदमा आवेदन दिएका थिए । ती मध्ये ६ जना पूर्व प्रशासक हुन । विगतमा दुई कार्यकाल पूर्व प्रशासकले प्रमुख आयुक्तमा जागिर खाएको देखेर लोभिएका पूर्व प्रशासक यस पटक सबै पत्रकारिता पृष्ठभूमि भएकाले नियुक्ति पाउने भएपछि जिल परेका छन ।

दुबै पदमा आवेदन दिनेहरूमा प्रदीपराज कँडेल, होमप्रसाद लुइँटेल, हरिप्रसाद बस्याल, हरि प्रसाद भट्टराई, हिरामणि शर्मा,

महेश्वर काफ्ले र रमेश पौडेल रहनुभएको छ । पाैडेल नेपाली कांग्रेसको नेता हुनुहुन्छ भने बाँकी सरकारी सेवाबाट निर्वृत्त हुनुभएको पदाधिकारी हुनुहुन्छ ।

सरकारी सेवामा रहँदा सूचना लुकाउन योगदान गर्नेहरू नै निर्वृत्त भएपछि पनि सूचना अायोगमा जागिर खोज्न थालेको र मैले पार्टीका लागि यति योगदान गरेँ नि भन्दै राजनीतिक दलका नेताको दैलो चाहर्नेहरू बढेपछि यस पटक सबै पत्रकारिता पृष्ठभूमि भएकाले नियुक्ति पाएका छन ।

प्रमुख आयुक्तमा नियुक्तिका लागि निवेदन दिनेहरूको सूची यस्तो छ

राममाया कुँवर

हरि प्रसाद भट्टराई

होम प्रसाद लुइँटेल

डा. दामोदर रेग्मी

रामप्रसाद थपलिया

महेश्वर काफ्ले

डा. सुरेश प्रसाद आचार्य

अखण्ड भण्डारी (गोविन्द प्रसाद भण्डारी)

चन्द्रमान श्रेष्ठ

धर्मेन्द्र झा

प्रदीप राज कँडेल

हरि प्रसाद बस्याल

हिरामणी शर्मा

डा. महेन्द्र विष्ट

रमेश पौडेल

यस्तो छ आयुकतमा नियुक्तिका लागि निवेदन दिनेहरूको सूची यस्तो छ

गगन विष्ट

दुर्गा भण्डारी पौडेल

डा मधुसुदन न्यौपाने

रामचन्द्र ढकाल

प्रदीप राज कँडेल

लेखनाथ अर्याल

भरत कोइराला

सागर पण्डित

वीरेन्द्र कुमार मिश्र

हरि प्रसाद भट्टराई

होम प्रसाद लुईटेल

हरि प्रसाद बस्याल

कुमारी निमा काफ्ले

राममाया लामिछाने

लेखनाथ न्यौपाने

पुनम पौडेल

हिरामणि शर्मा

रमेश पौडेल

गीता अर्याल श्रद्धा

महेश्वर काफ्ले

यस प्रसाद शर्मा (यम विरही)

इश्वरी प्रसाद शर्मा (सुवेदी)

संजीव घिमिरे

मेघराज आचार्य

किरण शाक्य

नवराज महतरा

दिपक ज्ञवाली

तीर्थराज सुवेदी

श्रीकृष्ण सुवेदी

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार ०६:४५