७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

एनसिसी (एपेक्ससहित) बैंक घोटला प्रकरणमा थप तीन जना पक्राउ


६ चैत, काठमाडौँ । एनसिसी (एपेक्ससहित) बैंक घोटला प्रकरणमा थप तीन जना पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंकको आर्थिक घोटलामा कृवेन्द्र श्रेष्ठ, प्रमोद भट्टराई र सजल बज्राचार्यलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई बनेपा, भट्टराईलाई बालुवाटार र बज्राचार्यालाई बागबजारबाट पक्राउ गरेको ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले बताएका छन । एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटला गरेको अभियोगमा ब्युरोले शुक्रबार बैंकका संचालक सहित १३ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा बैंकका सञ्चालक विष्णु धिताल, ऋषिराज भट्ट, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, मानबहादुर राउत, विनितमणि उपाध्याय, विकास श्रेष्ठ, सागर न्यौपाने, मोहन खरेल र सुदीप थापा लगायतका रहेका छन ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १३:३२