५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुन अर्थमन्त्री पौडेल अमेरिका जाँदै

५ कार्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

dainiki.com

डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम समेत रहेको उहाँको प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो । अर्थमन्त्री पाैडेल कार्तिक दोस्रो साता स्वेदश फर्किनु हुने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १६:४७