६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिन बन्द

२ कार्तिक, काठमाडौँ । काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिन अर्थात् शुक्रबारदेखि आइतबारसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडक मर्मत गर्नका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सूचना निकालेर तीन दिन बन्द गर्ने बताएको हो ।

ट्राफिक प्रहरीका अनुसार कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा ह्युम पाइप राख्ने काम भइरहेको कारण आवागमन रोकिएको हो।

वैकल्पिक सडकको रुपमा हेटौंडा-पालुङ-काठमाडौँ र कान्तिलोकपथको हेटौँडा-ठिगन-काठमाडौं सडक हुँदै सवारी साधन चलाउन प्रहरीले आग्रह समेत गरेको छ।

प्रकाशित मिति : October 18, 2024 at 12:06 pm