२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

असहाय बालबालिकाले लगाए वृद्धाश्रममा टीका

२६ असोज, गण्डकी । पोखरा महानगरपालिका–१७ स्थित वृद्धाश्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चमा आश्रित बालबालिकाले पनि टीका लगाएका छन् ।

मञ्चमा आश्रित २५ जना बालबालिकालाई सामूहिक रूपमा टीका लागएर स्वादिष्ट भोजन गराइएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिनुभयो । वृद्धाश्रमका ४७ जना जेष्ठ नागरिकलाई पनि भोजन गराइएको थियो । दुवै संस्थामा आश्रित जेष्ठ नागरिक र बालबालिकाबीच पारिवारिक वातावरणमा दसैँ मनाइएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार २०:२४