२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बाढीले बगाएको १४ दिनपछि बीपी राजमार्ग सञ्चालनमा

२५ असोज, काठमाडौँ । राजधानी काठमाडौँलाई छोटो दुरीमा पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग बाढीले बगाएको १४ दिनपछि शुक्रबारबाट सञ्चालनमा आएको छ । असोज १२ गतेको बाढीले बीपी राजमार्गको विभिन्न भागमा क्षति पुर्याएको थियो भने कतिपय स्थानमा सडक नै बगाएको थियो । नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सडक विभाग र स्थानीय सरकारको संयुक्त प्रयासमै बाढीले बगाएको १४ दिनमै राजमार्ग सञ्चालनमा आएको छ ।

मंगलटारमा डाइभर्सन बनाइए राजमार्ग सञ्जालमा ल्याइएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । लामाका अनुसार राजमार्ग  कतै एकतर्फी र कतै दुईतर्फी सञ्चालन भएको छ । बीपी राजमार्गको २१ किलोमिटर क्षेत्रमा बाढीले असर गरेको छ ।

dainiki.com

२१ किलोमिटरको दूरीमा १४ स्थानमा बाढीले क्षति पुर्याएको छ । बाढीले करिब ८ किलोमिटर सडक पूर्ण रूपमै क्षति भएको थियो । अस्थायी संरचनाहरू निर्माण गरेर तत्कालका लागि सडक सञ्चालन गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार ०९:४५