२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बाढिले ध्वस्त सुकुम्बासी बस्ती सफा गराउन ध्यानाकर्षण

२२ असोज, काठमाडौं । असोज ११–१३ गतेको अविरल वर्षाका कारण विपत्तिमा परी काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा मानबीय तथा भौतिब क्षती भयो ।
राजधानी मै जनधनको धेरै क्षती भयो । विशेष गरि काठमाडौं महानगरपालीकाको वडा नं १४ बल्खु, वडा नं ११ त्रिपुरेश्वर र थापाथलीमा रहेको सुकुम्बासी बस्तिमा बाढिले धेरै नै प्रभावित गर्यो ।
सुकुम्बासी बस्तिमा बाढिले पारेको प्रभाव र सुकुम्बासी बस्तिमा महानगरले बेवास्ता गरेको, उक्त वस्तीका बासिन्दाले महानगरम समक्ष पटक पटक गुहार माग्दा पनि सम्बोधन नगरेको र विपदका कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाउनु पर्नेमा अहिलेसम्म नहटाएको र उक्त फोहोरले बस्तिमा महामारी फैलिने सक्ने भन्द अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमल्सेनाले बताए ।
तिमल्सेनाले महानगरको रबैया प्रति आक्रोशित हुदै यसो भन्छन् “गत असोज १७ गते अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले डोजर र ट्याक्टर लिएर त्रिपुरेश्वर स्थित सुकुम्बासी बस्तिमा रहेको फोहोर उठाएर टेकु सम्म पुर्याई व्यवस्थापन गर्यो, तर आजका मितिसम्म पनि बल्खु, थापाथली, त्रिपुरेश्वर लगायत सुकुम्बासी बस्तिमा विपद् प्रतिकार्य, विपद् पूनर्लाभ र समग्रमा विपद व्यवस्थापनका कार्यमा सम्बन्धित निकायले वेवास्ता गरेकोमा तत्काल यस क्षेत्रमा अविरल वर्षाका कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाई, विपद् प्रतिकार्य, विपद् पूनर्लाभ र समग्रमा विपद व्यवस्थापनका कार्य गरी स्वच्छ, स्वस्थ बाताबरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अनुरोध गरेका छन् । ”

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १७:२९