२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेको युवा–विद्यार्थी विशेष जिल्ला कमिटि राहत बोकेर बाढी पिडितको बस्तीमा

२० असोज, ललितपुर । नेकपा एमाले युवा–विद्यार्थी विशेष जिल्ला कमिटिले गत साता आएको बाढीले, ललितपुरमा बाढि प्रभावितहरुलाई राहत वितरण गरेको छ । ललितपुर महानगर वडा नं २५ नख्खु किनारका भूमिहिन तथा सुकुम्बासि बस्तीमा ३० परिवारलाई राहत वितरण गरेको हो ।

प्रति परिवार १ बोरा चामल, २ किलो दाल, १ प्याकेट नून, १ लिटर तेल र १ प्याकेट चिउरा वितरण गरेको छ । “केहि साथीहरु तथा पार्टीको शुभेच्छुकहरुबाट राहत संकलन गरेर पिडितको घाउमा थोरै भएपनि मल्हम लगाउने प्रयास गरेका हो, यो ठुलै राहत त होईन तर तत्काल गाँस समेत नरहेको अवस्थामा पिडितलाई बाँच्नको लागि सानो सहयोग गरेका हौं” । जिल्ला कमिटिका उपाध्यक्ष सुदर्शन सिवाकोटीले दैनिकीसँग भने ।

“पछिल्लो समय नेकपा एमाले युवा–विद्यार्थी विशेष जिल्ला कमिटिको इन्चार्ज परिवर्तन भए संगै जिल्ला कमिटिले गति लिन थालेको छ, यो हाम्रो र कमिटीको लागि सकारात्मक पक्ष हो” जिल्ला कमिटि सदस्य नरेन्द्र न्योपानेले बताए ।

सो राहत वितरण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य शुसीला नेपाल केन्दिय सदस्य तथा युवा–विद्यार्थी जिल्ला कमिटी इन्चार्ज रमेश पौडेल, उपत्यका विशेष कमिटिका अध्यक्ष प्रेम पराजुली, नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोतम आचार्य, ललितपुर महानगर वडा नं २५ को वडा अध्यक्ष दौलत कुमार खत्री लगायतको उपस्थिति रहेको थियो ।

यसै बीच उक्त ठाँउमा बिगत ३ दिन देखि युवा–विद्यार्थी विशेष जिल्ला कमिटिले बाढि प्रभावित जनताको बस्तीमा सरसफाई तथा भग्नावशेष हटाउने काम गरेको छ । “यँहाको जनताहरुले हामीले गरको कामको मुक्त कण्ठले प्रशंशा गर्नु भएको छ, यो हाम्रो लागि ठुलो पूँजी हो” जिल्ला कमिटी उप सचिव श्यामकाजी खत्रीले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १६:२६