१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

बाढीले बगाएको ग्यास बुलेट एमाले मुख्यालय अघि रोकियो

१२ असोज, काठमाडाैँ । भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट एमाले मुख्यालय अघि रोकिएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट एमाले मुख्यालय रहेको च्यासलमा अडिएको छ ।

बाढीमा बग्दै गर्दा ग्यास लिक भएको पाइएको छ । हनुमन्ते खोला किनारामा ग्यासको गन्ध रहेकाले सतर्क रहन अनुरोध गरिएको  छ। प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ०९:२०