१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

काभ्रेमा पहिरोले २ जनाको मृत्यु, ५ जना सम्पर्कबिहीन

१२ असोज, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ५ जना सम्पर्कबिहीन भएका छन । जिल्लाको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उहाँको श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

यस्तै जिल्लाकै पनौती नगरपालिकाको वडा नम्बर ११ थुम्कीमा पहिरोले तीन घर बगाएको छ । तीन मध्ये २ घरका मानिस भागेर बाँच्न सफल भएका छन भने एक घरका पाँच जना सम्पर्कबिहीन भएका छन ।

शनिबार बिहानै पहिरो खस्दा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको जनप्रतिनिधि गीता थापाले जानकारी दिनुभयो । यस्तै पहिरोले पनाैती नगरपालिकाको वडा नम्बर ३ र ८ को सीमामा पर्ने गर्ध खोला थुनिएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ०८:३०