१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

एमाले मुख्यालयसहित बागमती किनारका सबै बस्ती डुवानमा

-किरण देउजा

१२ असोज, काठमाडौँ । अविरल वर्षासँगै बाढीले सत्तारूढ नेकपा एमालेको भाडाको मुख्यालयसहित बागमती किनारका सबै बस्ती डुवानमा परेका छन । झण्डै ३० घण्टादेखि निरन्तर परिरहेको वर्षासँगै आएको बाढीले सयौँ घर डुबनामा परेका छन ।

मनोहरा र हनुमन्ते खोलामा आएको बाढीले एमालेको मुख्यालय डुबाएको छ । एमालेको मुख्यालय मुनी च्यासलबाट बागमती समेत मिसिएपछि बाढी निकै ठूलो भएको छ । यही वर्षमात्र तेस्रो पटक एमालेको मुख्यालय डुबानमा परेको हो ।

बागमती किरानको दुबै तिरको सडक समेत सबै डुबेको छ । अघिल्ला बाढीहरू भन्दा आजको बाढी निकै ठूलो रहेको छ । अझै वर्षा जारी रहेकाले बढी थप बढ्ने अनुमान गरिएको छ । बाढीका कारण हजाराैँ मानिस प्रभावित भएका छन ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ०७:१२