११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक

११ असोज, चितवन । बिहिबारदेखि लगातार पानी परिरहेकाले आज राति पनि नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिले लगातारको बर्षाले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाउने जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबारदेखिको झरीको रेड एलर्ट जोन चितवन परेकाले यहाँ प्रतिकार्यको लागि तयार रहन पनि सचेत गराइएको यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १६:१८