७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

७ असाेज, काठमाडाैँ । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो । जोशीलाई प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १७:०२