फेरि भूकम्पको झड्का
४ असोज, काठमाडौँ । बझाङमा भूकम्पको झड्का महशुष गरिएको छ । शुक्रबार साँझ पाँच बजेर १६ मिनेट जाँदा बझाङ जिल्ला आसपासमा भूकम्पको धक्का महशुष गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३ दशमलब ८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु चैनपुरमा रहेको छ ।
प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १८:१२