भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट ओरालियो सबै यात्रु
३१ भदौ, काठमाडौँ । प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट यात्रु ओरालिएको छ। आज बिहान विमानस्थलको ‘ट्याक्सी वे’ मा पुगेपछि बुद्ध एयरको ३५१ जहाजबाट सबै यात्रु ओरालिएको हो।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार जहाज बिहान ७:५० बजे उडानका लागि पार्किङस्थलबाट धावनमार्गतर्फ लागिएको थियो । तर प्राविधिक समस्याका कारण उक्त जहाज उडान हुन सकेन ।
प्राविधिक समस्या देखिएपछि ‘ट्याक्सी वे’ मा ओरालिएका यात्रुहरूलाई बुद्धकै अर्को जहाजमा पठाउन लागिएको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : September 16, 2024 at 10:08 am









