नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल, यस्तो छ नयाँ कार्यसमिति
३० भदाै, काठमाडाैँ । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको निर्वाचन सहितको ११ औं बार्षिक साधारण सभाबाट अध्यक्षमा चन्द्र रिजाल निर्वाचित हुनुभएको छ । शनिबार काठमाडाैँमा भएको साभारसभाबाट अध्यक्षमा रिजाल निर्वाचित हुनुभएको हो ।
साधारणसभाबाट उपाध्यक्षमा टिकाराम भट्टराई महासचिवमा तेजबहादुर बोहोरा, सचिवमा ज्ञानमणि न्यौपाने र कोषाध्यक्षमा तेजबहादुर खड्का निर्वाचित हुनुभएको छ । त्यस्तै सञ्चालक सदस्यमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबी राज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह पनि संचालक सदस्यमा चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजमा बुद्धिमान विश्वकर्मा चयन भए भने सदस्यहरुमा अर्जुन नेपाल र राजन रिमाल चयन हुनुभएको छ।
साभारणसभाको उद्घाटन बागमती प्रदेश श्रम, रोजगार तथा पर्यटन मन्त्री प्रेमभक्त महर्जनले गर्नुभएको थियो । उहाँले पर्यटनलाई सहकारीसंग कसरी जोडेर लैजान सकिन्छ भन्ने तर्फ पर्यटन सहकारीहरु र केन्द्रीय संघले कार्ययोजना बनाउनु पर्ने बताउनु भएको थियो ।
प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार ११:१०