असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालन हुने
२८ भदौ, काठमाडौँ । सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट नै अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने भएको हो ।
यसअघि २०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको थियो। त्यतिबेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै रहेकाले असोजबाट खुल्ला गरिने र सञ्चालनको जिम्मा भने सहरी विकास मन्त्रालयलाई दिने तयारी रहेको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ। उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी रहेको छ ।
प्रकाशित मिति : September 13, 2024 at 11:07 am









