२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

एनआईसी एशिया सेलेक्ट फण्ड-३० को मूल्य समायोजन, यस्ताे छ नयाँ मूल्य

२८ भदाै, काठमाडाैँ । एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य समायोजन भएको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट फण्ड ३० का इकाईधनीहरुलाई घोषणा गरिएको १४ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात फण्डको प्रति इकाई मूल्य ९.८५ रुपैयाँ कायम भएको छ । फण्डको अन्तिम कारोबार मूल्य प्रतिइकाई ११.२५ रुपैयाँ कायम थियो ।

लाभांश वितरण प्रयोजनका लागि यो फण्डको बुक क्लोज आज हुँदैछ । यसर्थ भदौ २७ गतेसम्म कायम ईकाईधनीहरु मात्रै यो फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ०९:१७