नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा, पैसा जम्मा गर्न काउन्टर जानुपर्ने बाध्यता हट्यो
२८ भदाै, काठमाडाैँ । नेपाल बैंकले न्युरोड, धर्मपथ, काठमाडौँमा रहेको आफ्नो मूख्य शाखा काठमाडौँ बैंकिङ कार्यालयमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ ।
बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने जनाएको छ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।
हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेकोछ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको छ ।
प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ०९:०५












