७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

सरकारी कर्मचारीलाई लगानी सहज गर्दै गरिमा क्यापिटल, निःशुल्क टिएमएस सेवा

२७ भदाै, काठमाडौँ । गरिमा क्यापिटलले सरकारी कर्मचारीहरूका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएको छ ।

देशभरिका सबै सरकारी कार्यालयहरूमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस चलाउन सरकारले प्रतिबन्ध लगाएपछि गरिमा क्यापिटलले निःशुल्क सेवा घोषणा गरेको हो ।

सरकारी कर्मचारीहरूमा अब कसरी शेयरमा लगानी गर्ने ? यस्तो परिस्थितिलाई मध्यनजर गर्दै कर्मचारीहरूका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “सित्तैमा लगानी व्यवस्थापन सेवा योजना” सञ्चालनमा ल्याएको हो ।

सरकारी कर्मचारीहरूको बजारप्रतिको सकारात्मक भावनालाई जीवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफल बाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिनको लागि पनि यो योजना ल्याएको हो ।

यो योजना अन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकम रु ३ लाख (नगद वा शेयर वा दुवै) बाट लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिँदा समेत कुनै शुल्क नलाग्ने “सित्तैमा” गज्जबको योजना बजारमा ल्याएको छ ।

क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशतसम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरू मार्पmत सम्पर्क गरी यो सुविधा उपभोग गर्न सक्ने क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १६:५५