भेनस हस्पिटल र प्रभु बैंकबीच सम्झौता
२७ भदाै, काठमाडाैँ । भेनस हस्पिटल र प्रभु बैंकबीच सम्झौता भएकाे छ । काठमाडाैँकाे मध्यबानेश्वरमा रहेकाे भेनस हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हाे ।
एक समारोहका बीच भेनस हस्पिटल प्रालिका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंक लिका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सो समारोहमा प्रभु बैंक, बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनीषा न्योपानेकाे समेत उपस्थित रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्तर्गतका सेवाहरुमा ७ देखी १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न सक्नेछन् । साथै भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग, रेडियोलोजी, प्याथोलोजी लगायतका सेवा समेत प्रदान गर्दे आईरहेको छ ।
प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १५:४०