२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

नेपाल ल्युब आयलले एफपीओ जारी गर्ने, २५ प्रतिशत लाभांश घोषणा

२७ भदौ, काठमाडौं । सेयरधनीका लागि नेपाल ल्युब आयलले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समित बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्नका लागि असोज १८ गते साधारणसभा बोलाएको छ ।

असोज ४ गतेका लागि बुक क्लोजको मिति ताेकिएकाे छ । साधारणसभामा लाभांशका साथै थप सेयर निष्कासन (एफपीओ) प्रस्ताव लगिने र प्रिमियम मूल्य थप गरी एफपीओ जारी गरिने पनि कम्पनीले सार्वजनिक सूचनामार्फत उल्लेख गरिएको छ ।

एफपीओ जारी गरी पूँजी वृद्धि गर्न प्रवन्धपत्र तथा नियमावली संशोधनका लागि गर्नुपर्ने आवश्यक कामकारबाहीको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लगिँदैछ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार ११:१३