१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

आरविवि म्युचुअल फण्ड–१ र २ द्धारा प्रतिफल घोषणा

२६ भदाै, काठमाडौँ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड–१ र आरविवि म्युचुअल फण्ड–२ ले लाभांश घोषणा गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको कोष प्रवर्धक रही आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यी दुई फन्डहरुले आफ्ना इकाइधनीहरुलाई प्रतिफल घोषणा गरेका हुन् ।

गत आर्थिक वर्ष २०८०–८१ को लमुनाफाबाट आरविवि म्युचुअल फन्ड–१ र २ ले क्रमशः ३.८१ प्रतिशत र ८.७४ प्रतिशत दरले प्रतिफल वितरण गर्ने भएका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १६:३६