२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नबिल फ्लेक्सी क्याप र ब्यालेन्स्ड फन्ड–२ को लाभांश घोषणा

२६ भदाै, काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा भएकाे छ। योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्याप फन्डको लाभांश घोषणा गरेको हो।

जसअनुसार ब्यालेन्स्ड फन्ड–२ को ८ प्रतिशत र फ्लेक्सी क्याप फन्डका लागि ५ प्रतिशत करसहित नगद प्रतिफल दिने निर्णय गरिएको छ।

घोषित प्रतिफल वितरणार्थ योजना व्वस्थापकले ब्यालेन्स फन्ड–२ का लागि असोज ११ गते र फ्लेक्सी क्याप फन्डका लागि भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाइधनीहरुले यी दुई योजनाको लाभांश पाउन योग्य हुनेछन्।

प्रकाशित मिति : 10:44