१३ पुष २०८२, आईतवार | Mon Dec 29 2025

सिद्धार्थ बैंकका ग्राहकहरूलाई मिराबेल रिसोर्टमा १५% सम्मको छुट

२३ भदौ, काठमाडौँ । काभ्रेको मिरावेल रिसोर्ट एन्ड होटेल र सिद्धार्थ बैंकबिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले यस रिसोर्टमा बैंकको कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा फुड, बेभरेज तथा होटेल बसाईमा समेत १५% छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार १२:४२