६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

नुवाकोट जिल्लाको आर्थिक विकासको मार्गचित्र

-रजमान तामाङ

नुवाकोट नेपालको बागमती प्रदेशमा अवस्थित एक महत्वपूर्ण ऐतिहासिकता बोकेको जिल्ला हो । ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले धनी यस जिल्लामा आर्थिक विकासका लागि प्रचुर सम्भावनाहरू रहेका छन्। यहाँको भौगोलिक स्थिति, कृषि, पर्यटन, जलविद्युत् र अन्तर्राष्ट्रिय ब्यापार क्षेत्रको विकासले जिल्लाको आर्थिक उन्नतिको मार्गचित्र निर्माण गर्न सकिन्छ । गोर्खा राज्य बिस्तार अभियानको प्रारम्भ बिन्दु यहीँबाट आजको नेपाल बनाउन पृथ्वीनारायण शाहले मुकाम बनाएको जिल्ला र चीन तिब्बतसंग मुख्य गरि उतरसंग भएको ऐतिहासिक युद्ध स्थल रहेको जिल्ला हो नुवाकोट ।इतिहासमा राजनीतिक, आर्थिक सामाजिक र सांस्कृतिक बिकासको लागि अग्रजहरुले गरेको योगदानको उच्च सम्मान गर्दै आजको नयाँ पुस्ताले आधुनिक दुनियाँसग प्रतिस्पर्धा गरेर बाँच्न सक्ने आधार निर्माण गर्न बहुआयामिक बहसको खाँचो छ।त्यो बहसको केन्द्र हुनुपर्छ आर्थिक बिकास र समृद्धि ।रबिन्सन क्रुसोको टापु नभएकोले अलग्गै दुनियाँ त सम्भावना छैन तर स्थानीय स्तरमा केन्द्र, प्रदेश र स्थानीय सरकार र समुदाय मिलेर आफ्नो मौलिकतामा यहाँ रहेको श्रोत साधारण जनशक्ति पुँजि परिचालन गरेर जिल्लाको आर्थिक बिकास गर्न सकिन्छ ।

राजनैतिक रूपमा माओवादी आन्दोलनले यस भित्रका उत्पीडित जनसमुदायलाई राजनीतिक जागरण पैदा गर्न ठूलो भूमिका खेलेको छ।पन्चायतको बेला बामपंथी आन्दोलन र शैक्षिक जागरणको लागि गणेश पण्डितले गर्नुभएको योगदान ,राजकीय सत्तामा बसेर अर्जुन नरसिंह केसिले शिक्षा र स्वास्थ क्षेत्रमा गर्नुभएको पहल माओवादी आन्दोलनको केन्द्रिय राजनीतिमा पोष्ट बहादुर बोगटीले पुर्याउनु भएको ऐतिहासिक योगदान नुवाकोटको राजनीतिको मुल पक्ष हो।पन्चायतमा परिकल्पना गरिएको छहरे टोखा बाटो, गल्छि देबिघाट ,गङगटे गोल्फु भञ्ज्याङ् नुवाकोट उर्लेनि जस्ता मोटरबाटो र लब्धु ढिकुरे सिंचाइ , चौघडा सिमारा सिंचाइ पिपलटार लिफ्ट सिंचाइ (हाल बन्द) यसले नुवाकोटको बिकासमा ल्याएको मौलिक पक्षहरु हुन् ।त्यसमा डाक्टर प्रकाश चन्द्र लोहनी र जित सिंह खड्काको भूमिकालाई अस्विकार गर्दा इतिहास माथि न्याय हुँदैन ।

२०४६ को जनआन्दोलन पछि देशको मुल आर्थिक निति निर्माता र योजनाकार नै नुवाकोटका डाक्टर रामशरण महत भए।संयोग कस्तो रह्यो भने पन्चायतको उत्तार्दमा उदार अर्थतन्त्रको बाटोमा प्रारम्भ गर्ने पनि नुवाकोटकै डाक्टर प्रकाश चन्द्र लोहनी थिए।पछि खुलम खुला नबउदारीकरणको बाटोमा लैजाने ब्यक्ति पनि नुवाकोटकै महत भए राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रूपमा ।यस नितिले मुलुकमा पारेको सकारात्मक र नकारात्मक पाटोको चर्चा अन्यत्र गरिनेछ।तर यहि नितिबाट नै देशको अर्थराजनिति निर्दिष्ट रहेकोले हामीले हाम्रो स्थानीय स्तरमा समेत यसको प्रभाव र दवाब रहने स्वभबिक नै हुन्छ।तसर्थ हामीले छलफल गर्दा यो बिषय अलग गर्न मिल्दैन।

जिल्लाको समग्र आर्थिक बिकास समृद्धिमा सबै राजनीतिक दलहरूको साझ प्रतिबद्धता आबस्यक छ ।तर दुर्भाग्यको कुरा शक्तिमा रहेका ब्यक्तिहरुले आफ्नो निर्वाचन क्षेत्रमा केहि बजेट हाल्ने र आफ्नै पार्टीका नेताहरूको तेजोबोध गर्ने प्रवृत्तिले जिल्लाको समग्र आर्थिक बिकासमा राजनीतिक नेतृत्व गम्भीर छैन भन्ने पुष्टि हुन्छ।र जनतामा समेत बिकास भनेको के हो भन्नेकुरालाई खास अर्थमा प्रशिक्षित गर्न नसक्दा टपरटुइयाहरुले राजनीति कब्जा गरिरहेका छन् ।बिकास भनेको एक बर्षमा सरकारले ल्याउने बजेट र त्यसबाट आउने बाटोघाटो र कुलोमा हाल्ने पैसा भनेर बुझ्नु हाम्रो आर्थिक बिकासको सोच प्रष्ट हुन्छ।

बिकासको बहुआयामिक पक्ष हुन्छन् । बिकासको बहुआयामिक पक्ष भनेको समाज, अर्थतन्त्र, वातावरण, राजनीतिक व्यवस्था, र व्यक्तिको जीवनस्तर लगायतका विभिन्न आयामहरूमा सुधार र प्रगति गर्नु हो। यसले केवल आर्थिक वृद्धि मात्र नभएर,पर्याप्त रोजगारी सिर्जना , सामाजिक समानता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, राजनीतिक स्थिरता, र सांस्कृतिक उत्थान जस्ता पक्ष!हुन्छन् भन्ने मान्यता स्थापित नगरेसम्म हामीले बिकास को बारेमा बहस गर्नु ब्यर्थ हुन्छ।तसर्थ नुवाकोटको आर्थिक बिकासको मार्गचित्र के हो यसबारे छलफल गरौं ।

भौगोलिक स्थिति र जनसांख्यिकी
नुवाकोट जिल्ला काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित छ। यस जिल्लाको क्षेत्रफल १,१२१ वर्ग किलोमिटर रहेको छ, जहाँ विभिन्न जातजाति, धर्म, र संस्कृति मिलेर बसेका छन्। २०२१ को जनगणना अनुसार नुवाकोट जिल्लामा करिब २ लाख ८८ हजार जनसंख्या रहेको छ।

कृषि

कृषि भन्ने बितिकै भूमिको कुरा प्राथमिकता पर्छ।नुवाकोटको अहिले पनि लच्याङ लगायत कतिपय ठाउँमा बिर्ता र गूठीको नाउँमा जग्गा रहेको छ।किसानले आफूले धनि पुर्जा पाउन सकेको छैन।यसले उनीहरुको आर्थिक क्रियाकलापमा गम्भीर क्षति पुर्याइरहेको छ।किसानलाई जग्गाको उपलब्धता नै प्रमुख सबाल हो।

नुवाकोटको प्रमुख आर्थिक स्रोत कृषि हो। धान, मकै, कोदो, गहुँ, आलु, तरकारी, फलफूल जस्ता बालीहरू यहाँका किसानहरूले उत्पादन गर्छन्। सन् २०२२ मा जिल्लाले करिब ६५ हजार मेट्रिक टन धान उत्पादन गरेको तथ्यांकले देखाउँछ। यद्यपि, कृषि प्रविधिको अभाव र सिंचाइ प्रणालीको कमीले गर्दा उत्पादनशीलता अपेक्षाकृत कम छ।

चितवन पछि नेपालको दोस्रो पोल्ट्री ब्याबासय भएको जिल्ला हो नुवाकोट ।कुखुराको मासु उत्पादनमा दोस्रो जिल्ला हुँदा हुँदै पनि यसबाट किसानले उपलब्धि मुलक मुनाफा आर्जन गर्न सकेको छैन।देशकै बजारमा मात्रै भरपर्दा उपयुक्त प्रतिफल पाउन नसकेको हो।यसलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सरकारले नितिगत र स्वास्थ मापदण्ड पुरा गरेको आधिकारिक बिश्वास पैदा गरेर छिमेकी देश चीनमा कुखुराको मासु निर्यात गर्न सकिन्छ ।त्यसका निम्ति बिश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड पुरा गरेर कुखुराको मासु निर्यात गर्न सरकारले कुटनैतिक पहल गर्नुपर्ने हुन्छ।त्यति मात्रै होइन, बङ्गुर र भैसीको मासुको पनि चीन ठूलो बजार हो।नुवाकोटले यस ब्यबसायबाट ठूलो लाभ लिन सक्छ।

पर्यटन
नुवाकोट ऐतिहासिक सम्पदाले भरिपूर्ण जिल्ला हो। नुवाकोट दरबार, त्रिशुली नदी, र अन्य धार्मिक स्थलहरूको पर्यटनमा ठूलो सम्भावना छ।गोर्खा राज्य बिस्तारको प्रारम्भिक हमला नै नुवाकोटबाट शुरु गरेका थिए पृथ्वीनारायण शाहले।यहि नुवाकोटबाट काठमाण्डु उपत्यका कब्जा गरेपछि आजको नेपाल बनेको हो।त्यसकारण प्रत्येक नेपालीले आफ्नो देशको इतिहासको बास्तबिक जानकारी लिनको लागि नुवाकोट जानुपर्ने हुन्छ।त्यस हिसाबले यो जिल्ला ऐतिहासिक पर्यटनको लागि महत्त्वपूर्ण गन्तव्य हो। अझ नयाँ पुस्ताका नेपालीहरुले आफ्नो देशको इतिहास पढ्नै पर्ने हुन्छ।तिब्ब्त चीनसँग युद्धको इतिहास पनि जोडिएको जिल्ला हो नुवाकोट ।चीनसँग भएको बेत्रावति सन्धि नेपालको इतिहासकै महत्वपूर्ण घट्ना हो।सुर्यगढि ,बेत्रावति र जितपुरफेदी जस्ता ऐतिहासिक युद्द स्थल र पुर्खाले बिरतापूर्बक लडेर देश निर्माण गरेको ऐतिहासिक जिल्ल्ला भएकोले यो नेपालको एक महत्त्वपूर्ण जिल्ला मात्रै नभएर इतिहास हो।

धार्मिक पर्यटकीय हिसाबले समेत नुवाकोट एक महत्त्वपूर्ण गन्तव्य हो । दोस्रो पशुपतिनाथको रूपमा रहेको दुप्चेश्वर महादेव मन्दिर र उत्तरगयाधाम हिन्दु धर्ममा बिश्वास गर्ने पर्यटकको लागि एकपटक नपुगी नहुने पवित्र तीर्थस्थल हो।त्यहीँबाट बहुचर्चित गोसाइँकुण्ड जाने मार्ग हो।अझ दुप्चेश्वर आसपासबाट केबुलकारको ब्यबस्थापन गर्न पहल गर्ने हो भने पर्यटन उद्योगबाट नुवाकोटले ठूलो आर्थिक लाभ लिन सकिन्छ।

त्यस्तै ककनी पर्यटन विकासका लागि प्रचुर सम्भावना भएको क्षेत्र हो । प्राकृतिक सौन्दर्य, साहसिक गतिविधि, सांस्कृतिक धरोहर, र कृषि पर्यटनले ककनीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ। यसका लागि पूर्वाधार विकास,स्थानीय सरकार , स्थानीय समुदायको सक्रियता, र प्रभावकारी प्रवर्द्धन अनिवार्य छ। यी उपायहरूको प्रभावकारी कार्यान्वयनले ककनीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण गर्न सक्छ।

काठमाडौको सुन्दरीजलदेखि गोसाइँकुण्ड जाने प्रमुख र आकर्षक पदमार्गलाई ब्राण्डिङ गरेर यसलाई स्थापुत गर्ने हो भने यो आफैंमा घरेलु र अन्तर्राष्ट्रिय पर्यटकको उत्कृष्ट गन्तब्य हो।यसले यहाँको पर्यटन उद्योगलाई टेवा पुर्याउन सक्छ।काठमाडौ निजगढ द्रुत मार्ग सप्पन्न भएपछि भारतीय पर्यटक खासगरी धार्मिक र गर्मी छल्न आउने पर्यटको लागि नुवाकोट धार्मिक पर्यटन क्षेत्र र ककनि लगायत चिसो ठाउँ आकर्षक गन्तव्य बन्ने निश्चित छ। सन् २०१९ मा करिब ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरूले यस जिल्लाको भ्रमण गरेका थिए। सडक पूर्वाधारमा सुधार र प्रचार-प्रसारले पर्यटनलाई अझै वृद्धि गर्न सकिन्छ।

जलविद्युत्

नुवाकोट जिल्लामा विद्युत् उत्पादनका लागि पर्याप्त स्रोतहरू भएको जिल्ला हो। त्रिशुली नदि ,तादी, सलाखु र फलाखु खोल्ल्ल्ल उपयोग गरी जलविद्युत् आयोजना निर्माणले यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।हाल त्रिशुलि , देबिघाट त्रिशुली थ्री ए ,आदिशक्त्ति र बुद्धभूमिबाट बिधुत उत्पादन भैरहेको छ । तादि र त्रिशुलीमा अझै जलविद्युत् परियोजनाहरु निर्माण हुने सम्भावनाहरु बाकि नै छ र कतिपय परियोजना बन्नेक्रममा छ।विद्युत खपतको लागि स्थानिय स्तरमा उद्योग र ब्यबासाय प्रबर्द्धन गर्न जरुरी छ।त्यसले रोजगारी सिर्जनाना योगदान गर्छ।आर्थिक गतिविधि बढ्छ।

शिक्षा र स्वास्थ्य

परम्परागत शिक्षा प्रणालीले हामीलाई बिश्व बजारमा उत्पादनको क्षेत्रमा खासगरी श्रम क्षेत्रमा प्रत्येक दिन जस्तो नयाँ नयाँ गज्ञान् आबस्यक भैरहेको सन्दर्भमा दक्ष श्रम शक्ति उत्पादन गर्न सकिरहेका छैनौं ।मुलतः समग्र शिक्षा पद्धतिमै आमुल परिवर्तन आजको आबस्यक्ता हो।परम्परागत श्रमिकहरुले गर्दै आएको मानब श्रम एआइको माध्यमबाट हुन थालेपछि मानब जाति असान्दर्भिक हुँदै गएको छ।श्रमको क्षेत्रमा नयाँ ज्ञान् आबस्यक भएको छ।त्यसकारण हामीले शिक्षा क्षेत्रमा मुलभुत रूपमा अहिलेको बिश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा प्रणालीको बिकास गर्न ढिलाइ गर्नु हुँदै हुँदैन ।

शिक्षामा मुलतः गणित कम्प्युटर साइन्स र प्राकृतिक बिज्ञानलाई जोड दिएर हाम्रो आफ्नो मौलिक बिषयहरु जोड्न आबस्यक छ। ककनीलाई साइन्स एण्ड टेक्नोलोजि पार्क र आइटी पार्कको रूपमा बिकास गर्न सकिन्छ । त्यसको लागि राज्यले जग्गा उपलब्धता गराएर निजि क्षेत्रलाई लगानी गर्ने बाताबरण बनाउनुपर्छ शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार नगरी समग्र आर्थिक विकास सम्भव छैन। त्यसका लागि स्वास्थ नागरिक र सक्षम नागरिकले मात्रै देश र समाजको प्रगतिमा योगदान गर्न सक्छ भन्ने मान्यताको बिकास गर्दै ब्यबहारिक कार्यन्वञमा लैजानु पर्छ।नुवाकोटमा ७५ प्रतिशत साक्षरता दर रहेको छ, तर गुणस्तरीय शिक्षाको अभाव महसुस हुन्छ। स्वास्थ्य सेवाहरूको सुदृढीकरण र ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँचको विस्तारले जनताको जीवनस्तर सुधार गर्न सकिन्छ।

उद्योग र व्यवसाय
नुवाकोटमा साना तथा मझौला उद्योगहरूको स्थापना र विकासका लागि उपयुक्त वातावरण बनेको छ। आलु, अदुवा, तरकारी, फलफूलको प्रशोधन तथा बिक्रिका लागि उद्योगहरूको स्थापना गर्न सकिन्छ। यसका साथै, गाउँस्तरीय सहकारीहरूलाई सुदृढ गरी व्यवसायिक विकासमा जोड दिन सकिन्छ।राजधानी काठमाडौबाट औद्योगिक क्षेत्र स्थानन्तरणको बहस चलिरहेको छ।त्यसका लागि उपयुुक्त बिकल्प भनेको नुवाकोट हो।उतरि नाका चीन र भारत जोड्न पनि उपयुक्त भएकोले नुवाकोटलाई औद्योगिक ग्राम बनाउन सकिए राम्रो हुनेछ।छहरेटोखा सुरुङ्ग मार्ग निर्माणको यो एउटा महत्त्वपूर्ण आधार बन्नेछ।त्रिदेशिय नाकाको केन्द्रको रूपमा नुवाकोटलाई बिकास गर्न सजिलो हुनेछ ।किनभने आगामी केहि बर्षमै संचालणमा आउने द्रुत मार्ग र टोखा छहरे सुरुङ मार्गलाई उपयोग गर्न पनि अब नुवाकोटलाई औद्योगिक ग्रामको रूपमा बिकास गर्न अपरिहार्य छ।यसका लागि जग्गा उपलब्धता , विद्युत सडक पुर्बाधार राज्यले ब्यबस्थापन गर्नुपर्छ।

पूर्वाधार विकास

माथि उल्लेख गरे झैँ पुर्बाधार बिकासको पहिलो कार्यभार भनेको अब छहरे टोखासुरुङ मार्ग हो।यसले जिल्लाको बहुआयामिक बिकास र समृद्धिलाई सहयोग पुर्याउछ। आर्थिक विकासको लागि यातायात, सञ्चार, र विद्युत् जस्ता पूर्वाधारहरूको विकास अत्यावश्यक छ। ग्रामीण सडकहरूको विस्तार, विद्युतीकरण, र इन्टरनेट पहुँचको वृद्धि गरी आधुनिकरण प्रक्रियालाई अगाडि बढाउन सकिन्छ। त्यसकारण जिल्लाको पुरानो पासाङ ल्हामु राजमार्ग अलपत्र परेको एक दसक भयो।यसले त्यस भेगको कृषि पर्यटन क्षेत्रबाट लाभ लिइरहेका किसानहरूको लगानी र आर्थिक गतिविधिलाई ठप्प पारेर बर्बाद पारेको छ।यसलाई स्तरउन्नतिका लागि सबै राजनैतिक दलले साझा पहल गर्नु अनिवार्य छ।छहरे टोखा सुरुङ मार्ग निर्माणले चीनको नाका केरुङ राजधानी काठमाडौ र द्रुत मार्ग निर्माण सम्पन्न भएपछि दक्षिणी नाका बिरगंज मार्फत भारतको बजारसम्म छोटो दुरी तय हुन्छ।त्यसका निम्ति नुवाकोटमा उत्पादित घरेलु बस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यातका लागि राज्यको तर्फाट समेत पहल गर्नुपर्ने हुन्छ।

निष्कर्ष
नुवाकोट जिल्लाको समग्र आर्थिक विकासको लागि स्थानीय जनसमुदायमा बिकास र समृद्धिको बारेमा बिस्तृत अबधारणाको ज्ञान्, राजनैनिक दल र जनप्रतिनिधिहरुमा रहेकोे परम्परागत सोचको अन्त्य, बौद्धिक र प्रेस जगतमा रहेकाहरूबाट निरन्तर खबरदारी जरुरी छ । हाम्रो सोचाइमा रहेको संरचना नभत्काएसम्म समाजले अग्रगतिको यात्रा तय गर्न सक्दैन । हामीले आर्थिक बिकासको मार्ग चित्र निर्माण गर्दा कृषि, पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासमा समन्वय गर्न आवश्यक छ ।

हाम्रो संविधानले परिकल्पना गरेको संघ प्रदेश र स्थानीय सरकार निजि क्षेत्र र सहकारीलाई लगानीको बाताबरण तय गर्ने बजार र मुनाफाको ग्यारेन्टी सरकारले गर्ने मोडलबाट मात्रै हामीले आर्थिक बिकास र समृद्धि हासिल गर्न सक्छौं । हामीसँग भएको स्रोत साधनहरूको समुचित उपयोग, स्थानीय सरकार र समुदायको सक्रिय सहभागिता, र राज्यको नीतिगत सहयोगले जिल्लाको समग्र आर्थिक विकास सम्भव छ । यस मार्गचित्रको सफल कार्यान्वयनले नुवाकोट आर्थिक समृद्धिकोको ढोका खोल्न सक्छ।

(लेखक तामाङ नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्छ । उहाँलाई फेसबुकमा पनि भेट्न सकिन्छ ।)

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार ११:४५