२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन र माग दुबै बढ्न सकेनः अध्यक्ष अग्रवाल

१६ भदाै, काठमाडाैँ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले आन्तरिक उत्पादन तथा माग बढ्न दुबै बढ्न नसकेको बताउनुभयो ।

“बाह्यक्षेत्र सन्तुलनमा छ । बजारमा तरलता पर्याप्त छ । ब्याजदर पनि घटेको छ । तर अहिले आयात र निर्यात घेटेको छ । यसको अर्थ बजारमा माग बढ्न सकेको छैन भन्ने हो”, अध्यक्ष अग्रवालले भन्नुभयो ।

dainiki.com

अर्थतन्त्र सुधारका लागि उत्पादन क्षेत्रमा सुधार गरी आन्तरिक माग बढ्नुपर्ने, सरकारको वार्षिक बजेट प्रभावकारी कार्यान्वयन हुनुपर्ने, लक्षित आर्थिक वृद्धिदर हासिल गर्नका लागि पुँजीगत खर्च बढाउनुपर्ने, निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी चाँडो हुनुपर्ने, दिगो पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने अग्रवालको भनाइ छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार १३:११